आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

परम्परागत खेतीले आम्दानी शुन्य, प्रविधिमा गए आम्दानी : किसान

परम्परागत खेतीले आम्दानी शुन्य, प्रविधिमा गए आम्दानी : किसान

स्थानीय माधव गौतमले दाइँ महोत्सवले हिजो खेत कमाउन नसक्नेले आज खेत कमाउन उत्साह जगाएको सुनाए । उनले सिँचाइको सुविधा गरेर गएमा किसानले थप राहत महसुस गर्ने बताए ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०८२, आइतबार

पोखरा/पोखरामा परम्परागत खेतीसँगै कृषि पेशा नयाँ पुस्तालाई चिनाउनका लागि दाइँ महोत्सवको आयोजना गरियो । पर्यटकीय राजधानी पोखरामा पर्यटकलाई समेत नेपाली परम्परागत कृषि देखाउने उदेश्य सहित दाइँ महोत्सवको आयोजना गरिएको हो । असारमा रोपाइँ महोत्सवसँगै मंसिरमा धान भित्रउने समयमा दाइँ महोत्सवको आयोजना गरिएको हो । शनिबार पोखरा महानगरपालिका वडा नम्बर १९ चुरुङ्गामा शनिबार दोस्रो दाइँ महोत्सव सम्पन्न भयो ।

उक्त महोत्सवमा पोखरामा सबैभन्दा बढि धान उत्पादन गर्ने किसानलाई सम्मान गरियो । पोखरा २३ चापाकोट मा २ सय रोपनी क्षेत्रफलमा धान खेती गरेका किसान फवेन्द्र कुमार गुरुङलाई दश हजार रुपैयाँसहित सम्मान गरियो । किसानलाई समेत भव्य सम्मान गरेको देख्दा उनी हर्षित छन् । प्रविधिको प्रयोग गरेर धान खेती गरेका उनले वार्षिक पाँच सय मुरी धान उत्पादन गर्छन् । उनका अनुसार परम्परागत खेतीले किसानलाई दुःख र घाटा मात्रै हुने गरेको छ । व्यवसायिक कृषि गर्नका लागि प्रविधिको प्रयोग अत्यावश्यक रहेको छ । उनी भन्छन्, ‘हिजो बाउबाजेको तरिकाले गर्ने हो भने त दुख नै छ । फाइदा छैन, हिसाब गर्ने हो भने जिरो हुन्छ । अहिले त प्रविधिको युग छ प्रविधियुक्त कृषि ग¥यो भने राम्रै छ । उनीसँग अहिले जोत्नका लागि दुइ वटा ट्याक्टरसहित धान काट्नका लागि हाते मेसिन सँगै विद्युतीय मेसिनसमेत छ । ‘यो भन्दा अघि गरेर मात्रै केहि छैन भन्ने हुन्थ्यो । केहि हुन्छ भन्ने लागेर जति गर्न सक्यो त्यति हुँदो रहेछ भन्ने लाग्यो,’ उनले भने ।

स्थानिय माधव गौतमले दाइँ महोत्सवले हिजो खेत कमाउन नसक्नेले आज खेत कमाउन उत्साह जगाएको सुनाए । उनले सिँचाइको सुविधा गरेर गएमा किसानले थप राहत महसुस गर्ने बताए ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले नेपालको अर्थतन्त्रलाई धान्न सक्ने बालि नै धान रहेको बताउँदै किसानलाई सम्मान गर्न सकेमा उनीहरु कृषि पेशामा दृढताका साथ लाग्ने बताए । उनका अनुसार पोखरा महानगरपालिका भित्र ११ हजार दुइ सय हेक्टरमा धान खेती हुने गरेको छ । अहिले पोखरा महानगरपालिकाले पर्दा पछाडी मात्रै किसानलाई नराखी अघि ल्याउँदै सम्मान गर्न थालेको सुनाए । किसानलाई कृषिमै लाग्न प्रोत्साहनका लागि दाइँ महोत्सवको आयोजना गरिएको उनको भनाइ छ ।

‘पोखरा महानगरपालिकामा रहेका किसानलाई प्रबद्र्धन गर्न दाइँ महोत्सवको आयोजना गरेको गरिएको हो । यदि दाइँ व्यवस्थित गरेर जोगाउन सके वर्षभर खान पुग्छ भन्ने सन्देश दिन पनि यो महत्वपूर्ण कार्य हो । त्योबाहेक परम्परागत कृषि कार्यलाई जोगाउँदै पुरानो पुस्ता र नयाँ पुस्तालाई जोड्ने राम्रो पुल यो बनेको छ,’ उनले भने, ‘वास्तवमा नेपालको अर्थतन्त्रलाई धान्न सक्ने बाली नै धान हो । त्यसैले किसानलाई घृणा होइन सम्मान गर्नुपर्छ । सधैँः खेत बारीमै सीमित किसानलाई हामीले सम्मान गर्न सक्याँै भने उहाँहरूमा सकरात्मक प्रभाव पार्छ भन्ने हामीले ठानेर नै यो महोत्सवमा हातेमालो गरेका हौं ।’

‘पोखरा सबै मौसमका लागि आकर्षक गन्तव्य’ भन्ने नारासहित पोखरा पर्यटन परिषद्को आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा अपेक्षाभन्दा धेरै किसानसँगै दर्शक उपस्थित भएको कार्यक्रम संयोजक हरिबहादुर भुजेलले बताए ।

कृषिप्रधान समाजको परम्परागत कृषि पद्धति प्रवद्र्धन तथा नयाँ पुस्तामा मौलिक कृषि ज्ञान हस्तान्तरण गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सव कृषि–पर्यटन प्रवद्र्धनका हिसाबले महत्वपूर्ण रहेको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।

महोत्सवमा उत्कृष्ट गोरु पालक, धेरै धान उत्पादन गर्ने किसान, धान चुट्ने दँदेरा, गुन्द्री बुन्नेलगायतका प्रतियोगिताले विशेष रौनकता थपेको थियो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक मणि राज लामिछानेका अनुसार महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय कृषि पहिचान नजिकबाट बुझ्न मद्धत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->