पोखरा/पस्र्याङ, सिर्जनाचोक र शान्तिनगर चोक गरी पोखराका तीन स्थानमा शाखा संचालनमा ल्याएको छ ।
हालैमात्र पोखरा–७ शान्तिनगर चोकमा रहेको पुरानो रत्न श्री जिमको स्थानमा आधुनिक सुविधा सम्पन्न राइज फिटनेस सञ्चालनमा आएको हो ।
राइज फिटनेसका संचालक कमल भण्डारीले समयअनुसार सेवा, संरचना र प्रविधिमा अभूतपूर्व परिवर्तन गर्दै नयाँ शाखाहरु विस्तार गरेको बताए । वैशाख महिनामा सिर्जनचोकमा स्थापना गरिएको राइज फिटनेसको शाखा बिस्तार गरी शान्तिनगर चोकमा गरिएको उनले बताए ।
राइज फिटनेसका तीनै शाखामा नयाँ प्रविधि–मैत्री फिटनेस मेसिनहरु जडान गरिएको भनाइउनको छ । जीममा नयाँ सदस्यका लागि १५ देखि २० दिनसम्म प्रशिक्षकद्वारा निःशुल्क प्रशिक्षण उपलब्ध गराइन्छ । दुई जना दक्ष ट्रेनरमार्फत् दैनिक तालीम प्रदान गरिने र उक्त सेवाका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने भण्डारीले बताए ।
फिटनेस सेवालाई सबैका लागि पहुँचयोग्य बनाउन राइज फिटनेसलेमासिक ३ हजार र त्रैमासिक ७ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।





