आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

विधिको शासन खोज्दा ‘अञ्चलाधीशको धम्की’

विधिको शासन खोज्दा ‘अञ्चलाधीशको धम्की’

बिद्यालय तहमा उनी निकै तेजी बिद्यार्थीमा गनिन्थे । बागलुङमा एसएलसी दिने व्यवस्था थिएन । त्यसैले उनी दरबार हाइस्कुल पुगेर परीक्षा दिए ।


  • ढाेरपाटन संवाददाता
  • मंसिर १८ २०८२, बिहिबार

बागलुङ/ ४७ बर्ष अघि अर्थात २०३५ सालमा उनले सदरमुकाममा युवाहरुको भेला गरेर विधिको शासनको माग गरे । त्यसकालागि युवालाई संगठित बनाए । उनको यो संगठन राजनीतिक थिएन । तर विधिको शासन बारे जागरण ल्याउने, युवामा नेतृत्व बिकास गर्ने र सामाजिक काममा युवा परिचालन गर्ने लक्ष्य थियो । सामाजिक काम र विधिको शासनको कुरा गर्दा उनलाई अञ्चलाधिसको धम्की समेत आयो ।

युवालाई जागरण ल्याउन गरी संगठित गर्न रोक्ने प्रयास भयो । तर उनले अडान लिएर बसे । जसका कारण युवाहरुको सामाजिक र व्यक्तित्व बिकास गर्ने संस्था जन्मियो । त्यतिबेला जन्माएको संगठन अहिले पनि नेतृत्व विकासमा अग्रणी छ । बागलुङ जेसीजका संस्थापक श्याम श्रेष्ठ उमेरले ७५ बर्षका भए । तर सक्रियता तन्नेरीझै छ । घु“डा दुख्ने समस्याले हिड्न गाह्रो पर्छ, तर पनि उनी सकीनसकी निस्कन्छन् । औपचारिक कार्यक्रममा पनि पुरै समय बसेर सबैको कुरा सुन्छन् । आफ्नो पालो आयो भने नेतृत्वका गुणबारे बोल्छन् ।

उनको मन्तव्यमा जहिले पनि विधि पद्दतीको कुरा अडेका हुन्छन् । भन्छन्, ‘विधिको शासन हुनुपर्छ ।’ बागलुङ नगरपालिका वडा नंं २ का श्याम श्रेष्ठ ‘शासन बिधिको हुनुपर्छ’ भनेर युवा अबस्थाबाटै सामाजिक सेवामा होमिएका व्यक्ति हुन् । अहिले पनि उनी हरेक संस्था देखि राजनीतिक दललाइ पनि यही सुझाव दिने गर्छन् । विधिको शासन बारे बोलेकै कारण अञ्चलाधिस र सिडिओको धम्की भोगेका छन्् । उनले पटक पटक तारेख खेपेका छन् । अप्ठ्यारो परिस्थिति झेलेर आएकोले उनले आजकल पनि हरेक संस्था, राजनीति र राज्यका निकायलाई विधिको शासनमा लाग्न सुझाउ“छन् ।

४७ बर्ष अघि स्थापना भएको बागलुङ जेसीजको उनी संस्थापक अध्यक्ष हुन् । ‘चार्टर प्रेसिडेन्ट’को रुपमा उनी जेसीजका हरेक गतिविधिमा संलग्न भैरहन्छन् । युवाको व्यक्तित्व र नेतृत्व विकासमा जेसीज क्रियाशिल छ । सामाजिक सेवा, पर्यटन प्रवद्र्धन तथा युवाहरुको नीति निर्माणमा सहभागिता बारे जेसीजले सार्वजनिक कार्यक्रम, अभिव्यक्ति, टिप्पणी र प्रस्तुतीहरु दिने गर्छ । गीत संगीत, चर्चीत पुस्तकहरुको समीक्षा, सामाजिक सेवाकालागि च्यारिटी शो लगायतका काम पनि गर्दै आएको छ । त्यही जेसीजको आस्था अर्थात मुल विधिमा ‘कि शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ’ भन्ने स्पष्ट लेखिएको छ ।

२०३५ सालमा श्याम श्रेष्ठको अगुवाईमा सयौं युवा जुटेर यहा“को धौलागिरि बहुमुखी क्याम्पसमा जेसीज गठन भएको थियो । उद्घाटन कार्यक्रममा तत्कालिन अञ्चलाधिस लक्ष्यबहादुर गुरुङ र प्रमुख जिल्ला अधिकारी जगन्नाथ शर्मा सहभागि थिए । भोलीपल्टै श्रेष्ठलाई अञ्चलाधिस कार्यालयमा तारेखमा बोलाइयो । अघिल्लो दिन बोलेको ‘कि शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ’ भनेको के हो भन्दै स्पष्टीकरण मागियो । श्रेष्ठले डटेर अन्तराष्ट्रिय मान्यता बारे बताए । अञ्चलाधिसले स्विकारेनन् । अर्कोदिनको तारेख बोकाइयो ।

फेरी सिडियोले पनि त्यही कुराको प्रष्टीकरण मागे । उनले प्रशासनमा पनि विधिको शासन हुनुपर्छ भन्ने अन्तराष्ट्रिय मान्यताबारे बोले । ‘मलाई हतोत्साही बनाउन खोजियो, तर मैले विधिको शासन हुनुपर्छ भन्नेमा अडान लिए“’ उनले भने, ‘राजाको पंचायती शासन चलिरहेको बेला अञ्चलाधिस र सिडिओलाई त्यो नारा पच्ने कुरा भएन ।’ नेपाल जेसीजको संस्थापक अध्यक्ष डा. भेषबहादुर थापालेपनि यो नारा छपाएका थिए । थापाले सन् १९६४ अर्थात नेपाली मिति अनुसार २०२१ सालमा तत्कालिन राजा महेन्द्रलाई संरक्षक राखेर उनैबाट उद्घाटन गराएका थिए । त्यसपछि निस्केका जेसीजको सबै लेटरप्याडमा प्रमुख संरक्षक भनेर राजाको नाम लेखिएको देखेपछि मात्र प्रशासकहरु पछि हटेका थिए । तर पनि हरेक गतिविधिमा उनको निगरानी हुने गरेको थियो । यो नारालाई सकेसम्म प्रस्तुन नगर्न प्रशासकहरु हरदम प्रयास गर्थे । तर हरेक कार्यक्रममा जेसीजले यो आस्था पाठ गरेपछि मात्र काम थाल्ने चलन बसालेको छ ।

श्यामका बाबु ताराप्रसादको कपडा पसल थियो । उनले पनि व्यपारलाई साथ दिएका थिए । २०३५ साल कात्तिकको कुरा हो । उनी व्यपार संघकै तर्फबाट नेपाल उद्योग बाणिज्य संघको केन्द्रीय साधारणसभामा भाग लिन स्याङजाको नाउडा“डा सम्म हिडेर काठमाण्डौ गएका थिए । काठमाण्डौमा तत्कालिन राष्ट्रिय अध्यक्ष बीरेन्द्र श्रेष्ठले भेटे । उनले श्यामलाई जेसीज खोलेर तत्कालै अन्तराष्ट्रिय सम्मेलनमा फिलिपिन्सको मनिला जान पाउने अफर सुनाए ।

बागलुङमा व्यपार संघ र रेडक्रस बाहेक युवाहरुको क्षेत्रमा काम गर्ने कुनै संस्था थिएन । त्यसैले श्यामले पनि युवालाइ नेतृत्वमा लैजान सकिने आसले तत्कालै फर्केर जेसीज गठन गरेका थिए । उनको यो प्रयासलाई उनका अगुवा देबेन्द्र अधिकारी र बालकृष्ण नेवाले साथ दिएका थिए । १८ बर्षदेखि ४० बर्षको उमेर समूहका युवाहरुको संलग्नतामा ‘एक बर्ष, एक व्यक्ति एक पद’ भन्ने मान्यताले जेसीज संचालन हुने गरेको छ । जेसीज गठन हुनासाथ केन्द्रीय समितिबाट आएका प्रशिक्षकले नेतृत्व र क्षमता बिकासका तालिम संचालन गराए । युवाहरुमा जोश र जा“गर देखियो ।

उनले फिलिपिन्समा गएर कार्यक्रम उद्घाटन गर्न आएका राष्ट्रपति मार्कोसस“ग हात मिलाएर बोल्ने अबसर पाए । जेसीजको अन्तराष्ट्रिय अध्यक्ष कार्ल पिटरसनलाई नेपालमै बनेको ढाका टोपी लगाइदिए । उनको यो कामलाई अन्तराष्ट्रिय मंचमा पनि धेरैले चासोको बिषय बनाए । उक्त घटनाबाट उनले जेसीज आस्थाको अर्को वाक्य ‘बन्धुत्वको भावना राष्ट्रहरुको प्रभुसत्तादेखि सर्बोपरी छ’ भन्ने भावना बुझ्न पाएको बताए ।

काठमाण्डौमा भएको जेसीजको ५ औं राष्ट्रिय सम्मेलन, बीरगंजमा भएको छैठौ, धनकुटामा भएको सातौं र बिराटनगरमा भएको आठौं सम्मेलनमा चार दिन सम्म लगाएर पुगेको श्रेष्ठ सम्झन्छन् । हरेक सम्मेलनमा पुग्दा उनले राष्ट्रिय अध्यक्षहरुलाई केही न केही उपहार लगिदिन्थे । बागलुङमै बनाइने बुट्टेनली उनको उपहारमा छुट्थेन । धनकुटाको सम्मेलन तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले उद्घाटन गरेका थिए । कार्यक्रममा पुगेका सबै सहभागिलाई पूर्वेलीले सुन्तला, जुनार लगायतका फलफूल दिएर स्वागत गरेको देखेपछि श्यामले सम्मेलनका अतिथिलाई जिल्लामा बनेका केही न केही उपहार लैजाने व्यवस्था मिलाए । आफ्नो कार्यक्रममा आउने हरेक अतिथिलाइपनि मायाको चिनो दिएर पठाउने चलन बसालेको स्थानीय कृष्ण शंकर श्रेष्ठ बताउ“छन् ।

अहिले त चार्टर प्रेसिडेन्टको रुपमा उनलाई दिएका मायाको चिनो, प्रमाणपत्र र अन्य उपहारले घरै भरिएको छ । ‘मैले हरेक पटक पाएका उपहार सजाएर राख्ने गरेको छु, । ति उपहारको मिति समेत उल्लेख छन्’ उनले भने, ‘कुन समयमा कुन संस्थामा आबद्ध भए“ भन्ने पनि लिखित बनाएर राखेको छु ।’ उनले ऐतिहासिक दस्ताबेजहरु सुरक्षित बनाएको बताए ।

उनी २०४२ सालमा बागलुङ उद्योग बाणिज्य संघको अध्यक्ष भए । उनकै पालामा संघको घडेरी किनेर घर बनाउने काम शुरु भयो । त्यस अघि उनी केन्द्रीय सदस्य समेत भएर काम गरे । बिद्यामन्दिर माबिमा ९ बर्ष बिज्ञान पढाए । उनैले पहिलो पटक तत्कालिन धौलागिरि अञ्चलमा खेलकु“द क्षेत्रको बिकास गरे । ‘१४ अञ्चल मध्ये १२ अञ्चलमा मात्रै खेलकु“द समिति थिए, धौलागिरि र कर्णालीमा थिएन’ उनले भने, ‘राखेप अध्यक्ष शरदचन्द्र शाहलाई आग्रह गरेर २०३७ सालमा जिल्ला खेलकु“द बिकास समिति गठन गराए“ ।’अञ्चलाधिस अध्यक्ष रहने गरी श्याम आ“फै उपाध्यक्ष बसेर बनाएको समितिमा पछि अध्यक्ष भएरपनि चलाए । अहिले भने खेल क्षेत्रकै पात्र अध्यक्ष बन्ने चलन छ । खेलका बस्तुगत संघ बनाउनपनि उनले चासो राखे । बक्सीङ संघ, फुटबल संघ, खेल सास्कृतिक संघ जस्ता समिति पनि गठन भए ।

श्रेष्ठले दर्जन बढी स्थानमा विभिन्न कोष स्थापना गराएका छन् । बागलुङ उद्योग बाणिज्य संघमा पूर्णतारा अवार्ड स्थापना गरेका छन् । उत्कृष्ठ युवा उद्यमीलाई उक्त अवार्ड दिइन्छ । त्यस्तै उद्योगपति र व्यवसायीलाई तारा मेमोरियल अवार्ड दिइन्छ । बाबु ताराप्रसाद र आमा पूर्णकुमारीको स्मृतिमा ती अवार्ड राखिएको हो । त्यसबाहेक यहा“को बिद्यामन्दिर पुस्तकालयमा ‘शिसिर हेमन्त बालप्रतिभा स्मृति कोष’ स्थापना गरेका छन् । सानै उमेरमा उनले दुवै छोरा गुमाएका थिए । त्यसकै स्मृतिमा १ लाख ११ हजार रुपैया“को उक्त कोष स्थापना भएपछि पुस्तकालयले बालप्रतिभा पुरस्कार दिंदै आएको अध्यक्ष राम थापा अबिरलले बताए ।

१९९७ सालमा स्थापना भएको यहा“को बिद्यामन्दिर माबिको आधुनिक भवन निर्माणकालागि आयोजित महायज्ञ र भवन निर्माण समितिमा बरिष्ठ उपाध्यक्ष भएर काम गरे । बिद्यालय बनाउन उनले आ“फै ५० हजार नगद सहयोग गरे । धौलागिरि अस्पताल सुधार समितिमा बसेर पनि काम गरे । त्यस बाहेक यहा“को राधाकृष्ण मन्दिरमा ४ बेद, १८ पुराण सहितको पुस्तकालय कक्ष पनि निर्माण गरिदिएका छन् । मन्दिरमै पनि बाबुआमाको स्मृतिमा १ लाख २५ हजार राशीको पूर्णतारा स्मृति कोष स्थापना गरिदिएका छन् । कोषबाट मन्दिर व्यवस्थापनमा सहयोग मिलेको अध्यक्ष रमेश राजभण्डारीले बताए । त्यस बाहेक नेवारहरुको संस्था ‘ओझान्थाक्षें साहुखलाः परिवार’को पनि उनी अध्यक्ष छन् । जहा“ १० लाखको मुद्दतीकोष बनाएका छन् । त्यो कोषले संस्कृति संरक्षणको काम गर्छ ।

बिद्यालय तहमा उनी निकै तेजी बिद्यार्थीमा गनिन्थे । बागलुङमा एसएलसी दिने व्यवस्था थिएन । त्यसैले उनी दरबार हाइस्कुल पुगेर परीक्षा दिए । अब्बल पढाइले उनी प्रथम श्रेणीमा उत्तिर्ण भए । अमृत साइन्स क्याम्पसमा उनले आइएससी पढे । डाक्टर पढ्ने इच्छाले उनले एमबिबिएस परीक्षाको तयारी गर्र्दै थिए, आमाको निधन भयो । पढाइ नै छाडेर गाउ“ फर्कनु प¥यो । पहिलो बर्ष उनको इच्छा पुरा हुन पाएन । अर्को बर्ष फेरी तयारी गर्दै थिए, दाइको मानसिक रोगको समस्या आइलाग्यो । उपचारकालागि विभिन्न स्थानमा लैजाने क्रममा उनले फेरीपनि पढ्न पाएनन् । त्यसपछि भने उनले त्रिचन्द्र कलेजमा बिएससी पढे ।

डाक्टर बन्ने सपना पुरा नभएपछि उनी समाजसेवामा होमिएका हुन् । उनको सामाजिक भावनाबाट धेरै मानिस प्रभावित छन् । ‘हामीलाई नेतृत्वमा आउने वातावरण उहा“को प्रेरणाबाटै मिलेको हो’ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भने । बागलुङ जेसीजका हालका अध्यक्ष गणेश महतोले त श्याम श्रेष्ठलाई गुरु मान्ने गरेका छन् । हरेक काम गर्दा चार्टर प्रेसिडेन्टलाई सोधेर मात्र गर्ने बानी छ । ‘केही बोल्न नजानेका युवालाई तालिम र अबसर दिंदा बोल्ने मात्र हैन, नेतृत्व संहाल्न सक्ने भएका छन्’ महतो भन्छन्, ‘आफ्नो घर परिवार छाडेर युवाकालागि समय दिने व्यक्ति भेटिंदैन, उहा“मा ४७ बर्षदेखि यो सहयोग मिलिरहेको छ ।’ उनको निरन्तरता र सक्रियता देखेर धेरैले प्रसंसा पनि गर्छन् । ‘यो उमेरमा पनि सक्रियता र युवाको साथमा लोकप्रिय बन्ने काम सजिलो छैन’ स्थानीय काजी रोशन भन्छन्, ‘सबै उमेर समूहको उत्प्रेरणाको श्रोत बन्न सक्नुभएको छ ।’ प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले पनि श्रेष्ठको सक्रियता लोभलाग्दो भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->