बागलुङ/बागलुङका दुई युवा शेखर खड्का र उनका भाइ सुगम खड्काले न्यू बेम्बो क्याफे एण्ड किचन रेष्टुराँ संचालनमा ल्याएका छन् ।
कफी, फुड र म्युजिकको संयोजन एकै ठाउँमा दिने गरी बानपा–२ स्थित कृषि विकास बैँंक नजिकै न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा ल्याइएको हो । ४२ लाख लगानीमा खोलिएको रेष्टुराँमा कफी, खाजा र खानपिन गर्ने सुविधा उपलब्ध छ ।
रेष्टुराँमा १० जनालाई रोजगारी पाएका छन् भने चार वटा क्याबिन, ८ वटा टेवल सहित सुविधायुक्त बैठक कक्षसमेत रहेको छ । उक्त रेष्टुराँको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले उद्घाटन गरे । अध्यक्ष शाक्यले नेपाल केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकोमा संचालकहरुलाई बधाइ दिए ।





