आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

पाँच पूर्वमन्त्रीसहित ५३ जना र दुई कम्पनीविरुद्ध आठ अर्ब ३६ करोड बिगो दाबीसहित मुद्धा दायर

पाँच पूर्वमन्त्रीसहित ५३ जना र दुई कम्पनीविरुद्ध आठ अर्ब ३६ करोड बिगो दाबीसहित मुद्धा दायर


  • ढाेरपाटन संवाददाता
  • मंसिर २१ २०८२, आइतबार
फाईल तस्वीर ।

पोखरा/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वपर्यटन मन्त्रीहरू पोष्टबहादुर बोगटी (दिवगंत), दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यलगायतलाई मुद्दा दायर गरेको छ ।

अख्तियार पदाधिकारी बैठकले आइतबार महतसहित ५३ जनालाई भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेलगत्तै विशेष अदालतमा मुद्दा दर्ता भएको हो । अख्तियारले दुई कम्पनी र ५३ जना व्यक्तिविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको थियो। उनीहरूलाई आठ अर्ब ३६ करोड रुपैयाँ बिगो र सजाय माग गर्दै अख्तियारले मुद्दा दर्ता गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीबिरुद्ध पनि मुद्धा दायर भएको छ ।

प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको थियो भने चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड (सीएएमसीई) इन्जिनियरिङसँग ठेक्का सम्झौता गरिएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुखका रूपमा २०७१ देखि २०७४ सम्म प्रदीप अधिकारी थिए। यसपछि आयोजना प्रमुख विनेश मुनाकर्मी भएका थिए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको गुनासो आएपछि संसदीय उपसमिति गठन भएको थियो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गठित समितिले १४ अर्बको लागत स्टिमेटलाई २२ अर्ब पुर्‍याई भ्रष्टाचार गरेको ठहर थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->