आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

यातायात क्षेत्रका व्यवसायी, चालक तथा सहचालकलाई अभिमुखीकरण

यातायात क्षेत्रका व्यवसायी, चालक तथा सहचालकलाई अभिमुखीकरण


  • ढाेरपाटन संवाददाता
  • मंसिर २५ २०८२, बिहिबार

पोखरा/नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय (एनटिभिए) र नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशको आयोजनामा बाग्लुङमा कास्की, कुस्मा, बाग्लुङ र म्याग्दीका यातायात व्यवसायी, चालक तथा सहचालकलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुुरुङले पर्यटन क्षेत्रमा यातायात व्यवसायीको ठूलो भूमिका हुने बताए । गुणस्तरीय सेवा पहिलो सर्त भएको बताउँदै गुरुङले यातायात सेवा दिइरहेका व्यवसायी एवम् कर्मचारीको विदेशी पर्यटकसँग गर्ने व्यवहारले नेपालको पहिचान झल्काउने उल्लेख गरे । ‘राम्रो व्यवहारका माध्यमबाट देशको राम्रो छाप दिनेगरी सबै लाग्नुुपर्छ’ गुरुङ भने ।

एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष दुर्गादत्त दाहालले एनटिभिए गण्डकीले यातायात क्षेत्रका व्यवसायी, चालक तथा सहचालकलाई यसअघि पनि पोखरामा विभिन्न अभिमुखीकरणका कार्यक्रम गरेपनि यसपटक पोखरा बाहिर बाग्लुुङमा आएर अभिमुखीकरण तालिम प्रदान गरिएको बताए । गुणस्तरीय सेवाका लागि आँफूहरू निरन्तर लागिरहेको बताउँदै उनले राज्यको पर्यटन यातायातमैत्री नीति हुनुपर्ने आवश्यकता औंल्याए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ अधिकृत युवराज गुुरुङले पर्यटनको विकासले समुदायको जीवनस्तर समेत बढ्ने बताउँदै यस क्षेत्रको विकासका लागि सम्बद्ध सबैको एकतावद्ध प्रयास हुनुपर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन क्षेत्रको विकासमा यातायत क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउँदै पर्यटन सम्बद्ध सबैको सामुहिक प्रयासमा यस क्षेत्रको विकास गर्न सकिने बताए ।

एनटिभिए गण्डकी प्रदेशका पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुुरुङले यातायात सम्बद्ध व्यवसायी र कर्मचारीले गर्ने व्यवहारले पर्यटनमा ठूलो प्रभाव पार्ने बताउँदै त्यसतर्फ सबै सचेत हुनुपर्ने बताए । एनटिभिए गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष रविप्रसाद आचार्यले यातायात सेवालाई प्रभावकारी बनाउनकै लागि यातायात सम्बद्ध व्यवसायी, चालक तथा सह चाालकका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताए ।

अभिमुखीकरणसँगै आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ पोखराबाट बागलुुङ, बुर्तिबाङ हुँदै ढोरपाटनसम्मको प्रवद्र्धनात्मक भ्रमण आयोजना गरिएको उनले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा पर्यटन विज्ञ दीपेन्द्र पहारीले पर्यटन क्षेत्रमा आतिथ्यता लगायतका विषयमा प्रशिक्षण दिएका थियो भने जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख मीनबहादुर कुँवरले ट्राफिक नियक एवम् सुरक्षित यातायात सञ्चालन लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

एनटिभिए गण्डकी प्रदेशकमा अध्यक्ष दाहालको सभापतित्व एवम् महासचिव विकास कंडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद आचार्यले गरेका थिए । कार्यक्रममा धौलागिरी–गण्डकी यातायात सेवा प्रा.लि.का अध्यक्ष उमेश केसी, उद्योग वाणिज्य संघ बागलुुङका अध्यक्ष राजन कुमा शाक्य लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->