बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा सडक महोत्सवमा सुरक्षा निकायका प्रमुखहरुको साझा भनाई, ‘सुरक्षा हामी सबैको जिम्मेवारी’

पोखरा सडक महोत्सवमा सुरक्षा निकायका प्रमुखहरुको साझा भनाई, ‘सुरक्षा हामी सबैको जिम्मेवारी’


  • ढाेरपाटन संवाददाता
  • मंसिर २६ २०८२, शुक्रबार

पोखरा/ रेवान पोखराको आयोजनामा आगामी पुष १३ देखि हुन लागेको २७ औं पोखरा सडक महोत्सवमा सुरक्षा व्यवस्थापन चुस्त पार्न आयोजकले कास्कीस्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरुसंग अन्र्तक्रियात्मक छलफल कार्यक्रम गरेको छ ।

अन्तरक्रियाका सहभागिहरुले पोखरा सडक महोत्सवको गरिमा पोखरासंग जोडिएकाले यसलाई सफल पार्न सम्पूर्ण पक्ष लाग्नुपर्नेमा जोड दिए । महोत्सवका विभिन्न पक्षहरुमध्य सुरक्षा महत्वपूर्ण पाटो भएको बताउँदै महोत्सवको सुरक्षाको जिम्मेवारी आफुहरुले सक्दो रुपमा बहन गर्ने प्रतिवद्धता उनीहरुले जनाए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले २७ औं संस्करण सम्म आइपुग्दा महोत्सवमा देखिएको सुरक्षा चुनौतीबारे जिज्ञासा राख्दै महोत्सवमा विगतको सुरक्षा व्यवस्थापन राम्रै देखिएको बताइन् । तर विगतको भन्दा यसपटकको परिस्थिती केही फरक भएको बताउँदै उनले सुरक्षा व्यवस्थापन चुस्त राख्न कुनै कसर बाँकी नराखिने जनाइन् । अन्र्तक्रियामा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, शिव लम्साल, नेपाली सेना कृष्ण दल गण फुलबारी व्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, सशस्त्र प्रहरी बल कालीका गणका सशस्त्र प्रहरी उपरिक्षक सुर्यप्रसाद तिमिल्सीना, राष्ट्रिय अनुसन्धान विभाग कास्कीका उप अनुसन्धान निर्देशक मोहनबहादुर कुँवर, वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरिक्षक नमराज भट्टराई लगायतले महोत्सवमा सुरक्षा प्रदान गर्दै महोत्सव सफल पार्न सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

यसअघि सडक महोत्सव सुरक्षा समिति संयोजक नरेश भट्टराईले महोत्सव व्यवस्थित पार्न आयोजकको अवलम्बन गरिने रणनीतिका बारेमा प्रकास पारे । लाखौं अवलोकनकर्ता आउने सडक महोत्सवमा सुरक्षा चुनौती निकै महत्वपूर्ण भएको प्रष्टाउँदै उनले ट्राफिक व्यवस्थापनबारे जानकारी दिंदै यसका लागि महोत्सव अवधिभर लेकसाइडका बाहिरी तथा भित्री सडकको प्रयोगबारे जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी नविन कार्कीले महोत्सव सुरक्षामा आफु यसअघि पनि खटेको अनुभव सुनाउँदै फायर फाइटिङ, ट्राफिक व्यवस्थापन तथा भिडभाडमा हुनसक्ने चोरीका घटनामा चनाखो हुनुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणीराज लामिछानेले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा महोत्सवको प्रचार प्रसारमा सहयोग गर्ने जनाए । रेवान पोखराका पुर्वाध्यक्ष गोपीबहादुर भट्टराईले सरकारी स्तरबाट पनि महोत्सवको अनुगमन गर्दै गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरे । शितल सेक्युरिटी प्रालिका लोकेन्द्र अर्यालले निजी क्षेत्रबाट विगतमा भएका सुरक्षा व्यवस्थापनका उपायबारे अवगत गराउँदै सुरक्षा निकायसंगको सहकार्यमा सुरक्षा रणनीति तय गरिने स्पष्ट पारे ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले महोत्सवमा कुनैपनि अप्रिय घटना हुन नदिन सबैखाले सुरक्षा निकायसंग समन्वय गरिने बताए । बैठकमा महत्वपूर्ण विषयहरु उठेको बताउँदै उक्त विषयहरुलाई गंभिरतापुर्वक लिएर महोत्सवमा लागू गर्ने पौडेलको भनाई थियो । कार्यक्रममा रेवान पोखराका प्रथम उपाध्यक्ष तथा महोत्सव संयोजक बसन्त गौतमले स्वागत मन्तव्य राख्दै महोत्सवका आकर्षणबारे जानकारी दिए । महासचिव बीरेन्द्र शेरचनले सञ्चालन गरेको कार्यक्रममा महोत्सवका सह–संयोजक सुनिल भट्टराई, सुमन भट्टराई लगायतले अन्र्तक्रियामा उठेका जिज्ञासाबारे प्रष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->