बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अर्घाै कृषि सहकारीको लगानी उत्पादनतर्फ

अर्घाै कृषि सहकारीको लगानी उत्पादनतर्फ


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०८२, आइतबार

पोखरा/पोखरा महानगरपालिका वडा नम्वर २६ मा रहेको अर्घौं कृषि सहकारी सस्थाले आफनो लागनी उत्पादनशील क्षेत्रमा लगानी गर्र्नेे निधो गरेको छ ।

सस्थाको १५ औं वार्षिक साधारण सभाका अधिकाम्स बक्ताहरुले सेयर सदस्यको आय आर्जन बृद्धि गर्नका लागि कृषि उत्पादनका क्षेत्रमा लगानी वढाउनु पर्ने सुझाव राखेका हुन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै सस्थाका जेष्ठ सदस्य तथा सल्लाहकार गणेशभत्त अधिकारीले हरेक सहकारीले स्थानीय हावा पानी र सम्भाव्य ठाउको खोजी गरि एक सहकारी एक उत्पादनलाई अगाडी वढाउन सकिएको भए सहकारी क्षेत्रमा समस्या नआउने स्पष्ठ पारेका थिए ।

संस्थाका अध्यक्ष कलाधर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार नारायणदत्त वस्ताकोटी,सेयर सदस्य नेत्रपाणि वास्तोला,विष्णु कुमारी खत्री लगाएतले आफनो धारणा राखेका थिए ।

सोही अवसरमा सस्थाका जेष्ठ सेयर सदस्य मंगली कामी र रुद्रप्रसाद दाहाल साथै सेयर सदस्य हरि बस्ताकोटी लेखनाथ उद्योग बाणिज्य संघको कोषाध्यक्ष र प्रभा कुमारी पौडेल सदस्यमा निर्वाचित भएकाले सम्मान गरिएको हो ।

सस्थाका सचिव हबिहादुर लामिछानेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष चन्द्रकान्त अधिकारीले आर्थीक प्रतिवेदन, लेखा समिति सदस्य ईन्दिरा ढुगानाले लेखा प्रतिवेदन र ऋण लगानी उप समिति सदस्य रेवतीरमण बस्ताकोटीले ऋण लगानीको स्थितिबारेमा जानकारी गराएका थिए ।

संस्थाका सचिव हरिवहादुर लामिछानेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पार्वती सिग्देलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->