बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बुद्ध विशाल बजारको दशैं–तिहार उपहार घोषणा

बुद्ध विशाल बजारको दशैं–तिहार उपहार घोषणा


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०८२, आइतबार

पोखरा/पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘दशैँ तिहार उपहारै उपहारको बहार’ उपहार योजनाअन्तर्गत अन्तिम पुरस्कार विजेताहरु छनोट गरेको छ ।

बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको गेट अगाडि एक कार्यक्रमको आयोजना गरी पुरस्कार विजेताहरू छनोट गरीएको हो । लक्की ड्र मार्फत् २० हजारको सपिङ भौचर बिजेता टिकट नम्वरहरूमा ७१९४८,३८४६५,८६९८७,२७१२७,६८३०७ रहेका छन् ।
मंसिर महिनाको मासिक विशेष उपहारअन्तर्गत ५ हजारको सपिङ भौचर बिजेता टिकट नम्बरहरूमा ५२७०६,५३६६६,५७०६०,६३६२३ रहेका छन् ।

उपहार कार्यक्रममा बोल्दै एशोसिएसनका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले व्यवसायीको एकताले संस्था बलियो हुने बताए ।

संस्थाका अध्यक्ष बुद्धिबहादुर कुँवरले बुद्ध विशाल बजारले नाफामुखी भन्दा पनि गुणस्तरीय सामानहरु बिक्री गरेर सेवाको रुपमा व्यवसाय गरिरहेको बताए ।

संस्थाका सल्लाहकार माधव प्रसाद सिग्देलले नेपालीहरुका चाडपर्वलाई लक्षित गरी उपहार कार्यक्रम संस्थाले ल्याएको बताउँदै पोखराको बुद्व विशाल बजार यस क्षेत्रमा नै सपिङ्गको लागि पहिलो रोजाइमा पर्ने गरेको बताए ।

संस्थाका सचिव शान्ति श्रेष्ठ जोशीले स्वागत मन्तव्य राखेकी थिई्न भने कार्यक्रम संस्थाका महासचिव थमन सिंह गुरूङले सन्चालन गरेका थिए । कार्यक्रमममा एशोसियसन सदस्यमध्ये सवैभन्दा धेरै उपहार कुपन बिक्री गर्ने व्यवसायीहरू डिजाएर कलेक्सनका सन्जय श्रेष्ठ लुंगी हाउसका लालसिंह राना मगरलाई सम्मान गरिएको थियो ।

२ सय ४० सटर रहेको बुद्ध विशाल बजारमा १ सय ९१ सदस्य रहेका छन् । फेन्सी, कष्मेटिक, इलेक्ट्रोनिक्स, मोबाइल लगागतका सामान खरिद र बिक्री हुने गरेको बुद्ध विशाल बजारमा ३५ सयदेखि ४ हजारलाई प्रत्यक्ष रोजगारी मिलेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->