पोखरा/सडक महोत्सवको पूर्वसन्ध्यामा पोखरेली पर्यटन व्यवसायीहरुले देशका विभिन्न ठाउँमा पुगी पोखरा घुम्न आउने निम्तो बाँड्न सुरु गरेका छन् । अंग्रेजी नयाँवर्षको छेकोमा मध्य पुसमा पोखरामा सडक महोत्सव आयोजना हुँदैछ । पोखरा भ्रमण वर्ष २०२५ पनि यही बेला सकिँदैछ ।
पर्यटन व्यवसयीको टोलीले नेपालको पूर्वी सहर बिराटनगर र इटहरीमा पत्रकार सम्मेलन निम्तो दिएको हो ।
पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेवान पोखराले संयुक्त रुपमा यी सहरहरुमा पत्रकार सम्मेलनमा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखरा घुम्नका लागि यतिबेला उपयुक्त मौसम भएको जानकारी दिँदै पोखरा घुम्न आउन आग्रह गरे ।
रेवान पोखराका उपाध्यक्ष एवं महोत्सव संयोजक वसन्त गौतमले पुस १३ देखि १७ गते सम्म हुन लागेको पोखरा सडक महोत्सवका आकर्षणबारे जानकारी गराए ।





