बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड


  • ढाेरपाटन संवाददाता
  • मंसिर २९ २०८२, सोमबार

काठमाडौँ/सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लगातार वृद्धि भइरहेको सुन सोमबार र हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा १९ सय रुपियाँले बढेर सोमबार प्रतितोला सुनको मूल्य दुई लाख ६० हजार सात सय पुगेको छ । आइतबार दुई हजार दुई सय रुपियाँले बढेर एक तोला सुनको मूल्य दुई लाख ५८ हजार ८ सय पुगेको थियो ।

यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । आइतबारको तुलनामा ४५ रुपियाँले बढेर प्रतितोला चाँदीको मूल्य तीन हजार ८ सय ७० कायम भएको महासंघले जनाएको छ । आइतबार एक तोला चाँदी तीन हजार ८ सय २५ रुपियाँमा बिक्री भएको थियो । पछिल्ला दिनहरुमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा फेरि उच्च बिन्दुको यात्रामा पुगिरहेको छ । यही कारणले नेपाली बजारमा पनि सुनको मूल्य उच्च बिन्दुमा पुगेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->