आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सडक महोत्सवमा ३५ वर्ष पुराना गीत

सडक महोत्सवमा ३५ वर्ष पुराना गीत


  • ढोरपाटन संवाददाता
  • पुष २ २०८२, बुधबार

पोखरा/यसपालिको पोखरा सडक महोत्सवमा सन् १९९० को दशकमा चर्चित बनेका गीतहरु गुञ्जने भएको छ ।

हिट्स अफ नाइन्टीज नाम दिइएको सो कार्यक्रममा ९० को दशकमा उदाएर स्थापित ब्याण्डहरुको लाइभ प्रस्तुति रहने आयोजक अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए ।

त्यसमा एक्स नेपथ्य अर्थात् नेपथ्यको त्यो बेलाका गायक रविन श्रेष्ठ र गौतम गुरुङको विशेष प्रस्तुति रहनेछ ।

अंग्रेजी नयाँ वर्षको अघिल्लो साँझ अहिलेका चर्चित गायक उज्जन शाक्य, डिमर्चा, लेकाली, देउराली र टुकी व्याण्डहरुले लाइभ प्रस्तुतिमार्फत् ९० को दशकका हिटहिट गीतहरु पनि सुनाइने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->