आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

महोत्सवबाट फर्कंदा झोलामा तरकारी

महोत्सवबाट फर्कंदा झोलामा तरकारी


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०८२, आइतबार

लेखनाथ/पुस ३ गतेदेखि कास्कीको लेखनाथमा जारी २१ औं संस्करणको लेखनाथ महोत्सव हेरेर घर फर्कदा झोलामा तरकारी लिएर जान पाईने भएपछि धेरैको चासो वढेको छ ।

कृषि उत्पादनका स्टलहरु रहेकाले अवलोकनकर्ताले तरकारीदेखि कृषि औजार लान र कृषिका बारेमा परामर्श लिइरहेका छन् ।पोखरा ३१ पचभौया निवासी राधा थापाले स्थानीय उत्पादन प्रदर्शनीम राख्नु सकारात्मक भएको बताइन् ।

महोत्सवमा राखिएका कुल ३ सय ३६ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु रहेका छन । त्यतिमात्रै हैन, महोत्सवमा बृहत कृषि मेला प्रर्दशनीको पनि व्यबस्था मिलाईएको छ । जहाँ पोखरा महानगरपालिका भित्रका ३३ वटै वडाका ७५ भन्दा वढि किसानहरुले विभिन्न किसिमका कृषि उपजहरु प्रदर्शनीमा राखेको कृर्षि प्रर्दशनी उप समितिका.संयोजक दयाराम तिवारीले बताएका छन् ।

पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको समन्वयमा राखिएको प्रर्दशनीमा विभिन्न किसिमका फलफुल तथा तरकारी, बीउ विजन, कृषि प्रविधिहरुका उत्कृष्ट नमुनाहरु प्रर्दशनीमा राखिनुका साथै माटोको उर्वराशक्ति तथा क्षमता, अम्लीयपन कस्तो छ भनेर किसानलाई जानकारी पनि दिने गरिन्छ । प्रर्दशनीमा सहभागी किसानहरुमध्येबाट उत्कृष्ठ हुनेलाई पुरस्कृत गरिने तिवारीले जानकारी दिए ।

महोत्सवमा रहेका कृषिका २४ स्टलहरुमध्ये ताजा तरकारीका ८, सुन्तला तथा फलफुलका ९, मौरी ६ र अन्य कृषिसँग सम्वन्धित स्टलहरु रहेका छन । माछाका स्टलमा बेगनासताल र रुपातालका माछाहरु संकलन गरेर बिक्रीका लागि राखिएको छ । महोत्सवमा दैनीक सरदर ५० केजीभन्दा बढी माछा बिक्री हुने गरेको छ ।

२०५८ सालमा सुन्तला प्रर्दशनीबाट सुरु भएको लेखनाथ महोत्सवमा कास्की र आसपासका जिल्लाहरुबाट ल्याईएका सुन्तलाहरु पनि दर्शकहरुले खरिद गर्न पाउनेछन । सुन्तलाका ११ वटा स्टलहरुमा कास्कीको पुम्दी बाग्लुङ, पर्वत र स्याङ्गजामा उत्पादन भएका सुन्तलाहरु राखिएका छन । ती स्टलहरुमा दैनिक सरदर तीन सय केजीको हाराहारी सुन्तला बिक्री हुने गरेको छ ।

यसैबीच महोत्सवको तेस्रो दिन शनिबार परेकाले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतको उपस्थितिले दर्शकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । करिव ४० हजार दर्शकले मेलाको अवलोकन गरेका महोत्सवका प्रचार प्रसार उप समितिका संयोजक धु्रबबाबु भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->