पोखरा/लक्ष्मी ग्रुप प्रालिले शनिबार ५२ औं स्थापना दिवस मनाएको छ । ग्रुपका कार्यरकारी निर्देशक श्री सुनिल श्रेष्ठले समारोहको उद्घाटन गरेका थिए । सो अवसरमा कम्पनीमा५, १०, १५,२० र ३० वर्ष सेवा गर्ने २१ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै कार्यकारी निर्देशक श्रेष्ठले आज भन्दा ५२ वर्षअघि स्व. हजुरआमा पुतलीदेवी श्रेष्ठको छत्र छाँयाँमा बुवाहरु द्वयश्री बुद्घिबहादुर श्रेष्ठ र गणेशबहादुर श्रेष्ठले स्थापना गरेको लक्ष्मी मिठाइभण्डारले सबैको साथ, सहयोग र समर्थनले आजको यो रुप लिएको बताए ।
कार्यक्रममा सम्मानित कर्मचारीहरुलाई कम्पनिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ एवम् वहाँकी धर्मपत्नी मनलक्ष्मी श्रेष्ठ, निर्देशकहरु चन्द्रबहादुर राजभण्डारी, कृष्णबहादुर श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, सुब्रतश्रेष्ठ रअनुभव श्रेष्ठले सम्मान स्वरुप मायाको चिनो एवम् प्रंशसा पत्र प्रदान गरेका थिए । यसका साथै ५२ औं स्थापना दिवसको अवसरमा कर्मचारीबीच भाईचाराको अभिवृद्वी गर्ने उद्देश्यले आयोजना गरिएको खेलकुद कार्यक्रमअन्तर्गतमहिला तथा पुरुष एकल ब्याटमिन्टन र फुट्सल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
त्यसैगरी५२ औं स्थापना दिवसकै अवसर पारेर ग्रुपले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । कम्पनीका कार्यकारी निर्देशक श्रेष्ठले पहिलो रक्तदातामहेन्द्र थापालाई ब्लड ब्याग हस्तान्तरण गरि सुरुवात गरिएको सो कार्यक्रममा जम्मा ८५ जना कर्मचारीहरुले रक्तदान गरेका थिए । यस प्रकारको रक्तदान कार्यक्रम कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष नियमित रुपमा आयोजना गर्दै आएको कम्पनिले जनाएको छ ।
समारोहमा कम्पनिका मानव संसाधन विभागका महाप्रकन्धक श्याम मल्लले कार्यक्रम आयोजनको उद्देश्य माथि प्रकाश पार्दे प्रतिष्ठानलेसंथागत सामाजिक उत्तरदायित्वअन्तर्गतशिक्षा, स्वास्थ्य तथा खेलकुद एवम् धार्मिक क्षेत्रका विभिन्न विधाहरुमा कम्पनीले हालसम्म देखाएको सक्रियता एवम् समुदायमा यु¥याएको योगदानको चर्चा गर्नु भएको थियो । कार्यक्रमलाई प्रताप आचार्यले सञ्चालन गरेका थिए ।





