शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

चन्द्रवतीको नयाँ कृति ‘कहरको त्यो समय’ लोकार्पण

चन्द्रवतीको नयाँ कृति ‘कहरको त्यो समय’ लोकार्पण


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०८२, आइतबार
पोखरा/  साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ शनिवार लोकार्पण गरिएको छ । गीताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान पोखराद्वारा संयुक्त रुपमा पोखरा ११ स्थित गीतामन्दिरमा आयोजित कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् बरिष्ठ साहित्यकार माधब बियोगी, कार्यक्रमका सभापति एवम् गीताञ्जली साहित्य परिवार पोखराका अध्यक्ष भानुभक्त भण्डारी ‘क्षितीज’ प्रा.डा.कुसुुमाकर न्यौपाने लगायतले कृतिको लोकार्पण गरे । कृतिबारे परिचर्चा गर्दै प्रा. डा. कुसुमकर न्यौपानेले ‘कोभिड १९’ कोरोना कहरको विषयवस्तु समेटेर रचिएको कविता संग्रह ‘कहरको त्यो समय’ का विविध पक्षबारे चर्चा गरेका थिए ।
नारी बाङ्मय प्रतिष्ठान पोखराका सचिव लक्ष्मी थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत गीताञ्जली साहित्य परिवार पोखराका पूर्वअध्यक्ष शिवप्रसाद गौतमले गरेका थिए भने स्रष्टाको परिचय साहित्यकार प्रतिभा शर्मा तिमिल्सीनाले गरेकी थिइन् ।  कार्यक्रममा अग्रज साहित्यकार छबिलाल आचार्य, शिव त्रिपाठी, नरेन्द्र रानाभाट, ढुण्ड़ीराज ज्ञवाली लगायतले रचना वाचन गर्नुुका साथै वसन्त चालिसे, छन्दमणि त्रिपाठी, छन्दिका त्रिपाठी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
दर्जनौ कृतिहरू बजारमा ल्याइसकेकी वाग्ले विभिन्न साहित्यिक र सामाजिक संघ–संस्थाबाट सम्मानित भएकी छन् । समाजका विविधता र वास्तविकता उनका कृतिमा जीवन्त चित्रण गरिएको पाइन्छ ।
प्रत्येक महिनाको पहिलो शनिबार गीताञ्जली साहित्य परिवार पोखराले आयोजना गर्ने साधना प्रभात कार्यक्रमको अवसरमा आयोजित यस कार्यक्रममा पोखराका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->