पोखरा/पोखराको लेकसाइडस्थित पोखरा बाटिका क्लासिक होटलले नवौं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । होटलले आफ्नों सामाजिक उत्तरदायित्वअन्तर्गत गौरीघाट वरपर ४ सय मिटर सडक सरसफाई गरेको छ ।
होटलमा कार्यरत ४० झण्डै कर्मचारीहरु सरसफाईका सामग्री सहित सडकमा खटिएका थिए । उनीहरुले पार्क, मन्दिर लगायत वरपर झाडी फँडान, ट्यांकरको पानीले नाला सफाई लगायत गरे । नवौं वर्ष प्रवेशका अवसरमा होटलले सञ्चालक तथा कर्मचारीहरु बीच शुभकामना साटासाट गरे । उत्कृष्ट कार्य गर्ने कर्मचारी सम्मान पनि गरियो ।
कार्यक्रममा बोल्दै होटलका अध्यक्ष सन्तोष पोखरेलले हालसम्मको आरोह अवरोह स्मरण गरे । यो अवधिमा धेरै खाले चुनौंती व्यहोर्नुपरेको बताउँदै अब भने होटल बाटिका पोखराको प्रतिष्ठित होटलमध्ये एक बनिसकेको उल्लेख गरे । होटलका अर्का सञ्चालक प्रेमकृष्ण श्रेष्ठ र बिमलकुमार नहर्कीले होटलले पाएको सफलताको पछाडी कर्मचारीहरुको लगन, मेहनत, धैर्यता सबै रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल लामापाटनका प्रमुख एसपी अरुण कुमार शर्मा, पत्रकार विनोद लामिछाने लगायतले नवौं वर्ष प्रवेशका अवसरमा होटललाई बधाई ज्ञापन गर्दै आगामी यात्राको सफलताका लागि शुभेच्छा प्रकट गरे ।
कर्मचारीको तर्फबाट बोल्दै होटलका मेनेजर दीपेन्द्र पोखरेलले होटलको सफलतामा ‘टिम वर्क’ महत्वपूर्ण पक्ष रहेको बताउँदै साथीभाई बीचको घनिष्ठता र सम्बन्ध आगामी दिनमा झनै प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा होटलका कर्मचारी पुजा लामालाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरियो भने केक काटेर कर्मचारीको जन्मदिन पनि मनाईएको थियो । कर्मचारीहरुले साँस्कृतीक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।





