आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बजेटको रकमान्तरण तथा पुनरावलोकन

बजेटको रकमान्तरण तथा पुनरावलोकन

नगरपरिषदले वडा नं. ९ को वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माणका लागि ९८ लाख ४१ हजार ७ सय ७८, खेलकुद विकास समितिका लागि १० लाख र वडाहरुलाई ३० लाख रुपैयाँ बिनियोजन गरेको छ ।


  • ढाेरपाटन संवाददाता
  • पुष १० २०८२, बिहिबार

बागलुङ/जैमिनी नगरपालिकाको १८औ नगरसभा तथा हिउँदे अधिवेसन मंगलवार सम्पन्न भएको छ । नगरसभाले गत असारमा भएको अधिवेसनले विनियोजन गरेको बजेटको रकमान्तरण तथा पुनरावलोकन गरेको छ । त्यो मध्ये विभिन्न शिर्षकको १ करोड ६३ लाखको बजेट व्यवस्थापन गरेको हो ।

नगरपरिषदले वडा नं. ९ को वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माणका लागि ९८ लाख ४१ हजार ७ सय ७८, खेलकुद विकास समितिका लागि १० लाख र वडाहरुलाई ३० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

परिषदले अन्य योजनाहरुमा रकम विभाजन गरेको छ भने गत असारमा सम्पन्न १७ औ नगरसभाबाट पारित भएका योजनाकार्यक्रम एवं बजेटलाई संसोधन वा रकमान्तर गरेको छैन साथै सभाले केहि करको दर थप समेत गरेको छ ।

नगर सभामा राजश्व परामर्श समिति एवं न्यायिक समितिको प्रतिवेदन समितिका संयोजक एवं नगरउप्रमुख हरिहर शर्माले संशोधित बजेट नगरसभामा पेश गरेका थिए ।

सभामा लेखा समितिका संयोजक गिता वि.क, सामाजिक विकास समितिका संयोजक एवं वडा नं. १ का वडाध्यक्ष विष्णु आचार्य, संस्थागत सुशासन समितिका संयोजक एवं वडा नं. २ का वडाध्यक्ष प्रेम सापकोटा, आर्थिक विकास समितिका संयोजक एवं वडा नं. ४ का वडाध्यक्ष चक्र वहादुर थापा, वन, वातावरण एवं विपद समितिका संयोजक एव वडा नं. ६ का वडाध्यक्ष कृष्ण बहादुर थापा, भौतिक पूर्वाधार समितिका संयोजक एवं वडा नं. १० का वडाध्यक्ष श्रीप्रसाद थापाले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन उपर नगरसभाका सदस्यहरुले जिज्ञासा एवं सुझाव राखेका थिए । नगरसभा नगर प्रमुख नर बहादुर पुनको अध्यक्षतामा उपप्रमुख हरिहर शर्माको स्वागत एवं प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->