पोखरा/लेखनाथमा जारी महोत्सवमा बिहानैदेखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो ।
मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादाँ महोत्सव स्थलमा दर्शकको वाक्लो उपस्थितिलाई ब्यवथापन गर्न आयोजकलाई हम्मेहम्मे नै परेको थियो । दर्शकको भिडलाई ब्यवस्थापन गर्न थप टिकट काउण्टरको समेत ब्यवस्थापन गरियो भने बाहिर निस्कने दर्शकहरुलाई आपतकालीन गेट खोलेर वाहिर निस्कने ब्यवस्था मिलाईएको थियो ।
महोत्सवको आठौ दिन क्रिसमसको दिन परेको बिदालाई सदुपयोग गर्दै अभिभावकहरुले बच्चा बच्चिलाई डोयाउदै महोत्सव स्थल भित्र छिरेकाले अन्य दिनको तुलनामा बिहीबार दर्शकको संख्या दोब्वरले नै बृद्धि भएको आयोजकको दावी रहेको छ ।
मेलाको थप आकर्षणको रुपमा रहेको विद्यालय स्तरीय प्रस्तुती अन्तरगत विहिवार लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल,जुनियर सिटिजन्स एकेडेमी,लिटल गार्डेन मण्टेश्वरी शिलशिला स्कूलका प्रस्तुतिले महोत्सव स्थलमा थप रोचक बनेको थियो ।
यसैबीच जातजातिको भेषभुषा प्रदर्शनीतर्फ भण्डारढिक नेवाःखलको प्रस्तुति रहेको थियो भने महिलाहरुको सन्मानका लागि राखिएको रत्यौलीतर्फ खाष्टेताल बाराही महिला समूहको प्रस्तुति रहेको थियो ।
पुस ३ गतेदेखि चलेको महोत्सवको आठौं दिन चलिरहदा विहिवार मात्र१ करोड वरावरको आर्थिक कारोवार भएको र अहिलेसम्म आउदा ७ करोड ८० लाख बरावरको कारोवार भएको स्टलमा गरिएको व्यापारको सर्वेक्षणले देखाएको छ भने दर्शकतर्फ बिहीबारमात्र ३५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने अहिलेसम्म २ लाख २५ हजार दर्शकले मेलाको अवलोकन गरिसकेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक धु्रबबाबु भटराईले जानकारी दिएका छन् ।





