बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

केएफसीको २३ औं शाखा पोखरा चिप्लेढुङ्गाको सेलवेजमा

केएफसीको २३ औं शाखा पोखरा चिप्लेढुङ्गाको सेलवेजमा


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०८२, शुक्रबार

पोखरा/विश्वकै प्रसिद्ध फुड ब्रान्ड केएफसीले पोखरा चिप्लेढुङ्गामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ ।

केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले २३ औं आउटलेट पोखरा चिप्लेढुङ्गामा रहेको सेलवेजमा बिहीबार उद्घाटन गरेको छ ।

सेलवेज क्यास एण्ड क्यारी प्रालिका अध्यक्ष कृष्णदेव प्रधानाङ्ग र पोखरा वडा नम्बर ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले उद्घाटन गरे ।

केएफसीले ग्राहकलाई हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स, जिन्जर बर्गर र केएफसी बकेटजस्ता स्वादिष्ट परिकार पस्किदै आएको छ । पोखराका चिप्लेढुङ्गा शाखामा १४ जनाले रोजगारी पाएका छन् भने देशभर ४ सयभन्दा बढी जनाले रोजगारी पाएको देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत (सीएफओ) ऋतुराज शाहले जानकारी दिए ।

सन् २००९ मा नेपाल प्रवेश गरे कम्पनीले पोखराको लेकसाइडमा सन् २०१७ मा आउटलेट खोलेको थियो । कम्पनीले नेपालमा २०२५ डिसेम्बरसम्म देशभरि २५ आउटलेट पु¥याउने लक्ष्य लिएको शाहाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->