मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

पोखरा २१ मा सुन्तला महोत्सव

पोखरा २१ मा सुन्तला महोत्सव


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०८२, शुक्रबार

पोखरा/पोखरा २१, दोपहरे हर्राबोटमा सुन्तला महोत्सव आयोजना गरिएको छ । नेपालको राष्ट्रिय फल सुन्तलाको उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग भन्ने नाराका साथ पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, वडा नं.२१ को कार्यालय र वडास्तरीय कृषि सञ्जालको आयोजनामा महोत्सव भएको हो ।

पोखरा महानगरपालिकाको एक वडा–एक उत्पादन कार्यक्रमअन्तर्गत सुन्तला पकेट क्षेत्रका रूपमा स्थापित वडा नं. २१ का किसानहरूलाई लक्षित गर्दै महोत्सव आयोजना गरिएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए । महोत्सवमा किसानहरूले आफ्नै बगैंचामा उत्पादन गरेका अर्गानिक सुन्तलाहरू एकै थलोमा बिक्री गर्न पाउने व्यवस्था मिलाइएको छ ।

यस वर्ष पोखरा महानगर क्षेत्रभित्र करिब रु. १० करोडभन्दा बढीको सुन्तला उत्पादन भएको अनुमान गरिएको महानगरका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->