बागलुङ/बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरुले सहकारी विश्वास गर्न लायक बनाउन शेयर सदस्य र संचालकको साझा साथ चाहिने बताए । उनीहरुले नीति, सिद्दान्त अनुसार सहकारी चलाउन नसके बचतकर्ताको रकम डुब्ने खतरा रहेको औल्याए ।
सहकारीका पुर्व अध्यक्ष अशोक गोबिन्द राजभण्डारीले बागलुङ सहकारी संस्था जस्तो भन्ने सबैलाई परेकोले साख गिर्न दिन नहुने बताए । कार्यक्रममा सहकारीका संस्थापक सहदेव राजभण्डारी, पत्रकार मुकेशचन्द्र राजभण्डारी, प्रगती बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्मा, शेयर सदस्यहरु सुन्दरी श्रेष्ठ, किरण भावा श्रेष्ठ र कृष्ण शर्माले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सचिव कृष्ण गोबिन्द राजभण्डारीको प्रगती प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मी शाक्यको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक महेन्द्रसिंह रायमाझीले लेखा प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रम अध्यक्ष बाबुकाजी केसीको अध्यक्षता, उपाध्यक्ष राजेन्द्र शाक्यको स्वागत र सचिव कृष्ण गोबिन्द राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो । २०५७ सालमा स्थापना भएको सहकारीले ६ सय ५१ श्ेयर सदस्य मार्फत ६ करोड ४५ लाख शेयर पुँजीबाट सहकारी संचालन गरेको छ । सहकारीले उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य, विभिन्न विधामा रहेर समाजमा योगदान गरेका सदस्य समेतलाई सम्मान गरेको थियो ।





