पोखरा/शुभम सहकारी सहकारी न्यूरोडको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको आर्थिक एव वार्षिक प्रगति प्रतिवेदन, तथा आगामी कार्ययोजना सहित प्रस्तुत गरिएको थियो । संस्थाले सदस्यहरूको आर्थिक सशक्तीकरण, बचत प्रवद्र्धन तथा सहुलियतपूर्ण ऋणसेवा र उत्पादन संग जोड्ने नितिसहित योगदान दिँदै आएको जानकारी गराइएको थियो ।
कार्यक्रमको अध्यक्षता संस्थाका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद पोखरेलले गरेका थिए । उनले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै विभिन्न उपाय अपनाई आर्थिक मितव्ययिता कायम गरिएको संस्थाले सदस्य केन्द्रित हुँदै बचत कर्ताको बचत सुरक्षाको सुनिश्चितता सँगै सुशासन र प्राविधिमैत्री नीति अवलम्बन गरेको साथै संस्थाको शेयर पूँजीलाई पूँजिकृत गर्दै उत्पादनसँग जोड्ने रणनीति रहेको बताए ।
कार्यक्रममा प्रमुख आमन्त्रित उच्च सहकारी वकिल कार्यालय गण्डकी प्रदेशका उपन्यायाधिवक्ता स्वतन्त्र न्यौपाने ले शुभम सहकारी ले अपनाएको प्रविधि ,पारदर्शिता र आन्तरिक नियन्त्रण प्रणाली अनुकरणीय रहेको बताउँदै कानुनी प्रक्रियामार्फत धितो सुरक्षाको लागि गरेको पहल र खर्च कटौतीको लागि भएगरेका प्रयासहरु सबल रहेको आगामी दिनमा सहकारी नियमन प्राधिकरणले निर्दिष्ट गरेका नीति र कानुनको पालना पूर्णरुपमा गर्न संचालकलाई सुझाउदै भनाई राखेका थिए ।
साधारण सभामा कोषाध्यक्ष होमराज भट्टराईले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको पारदर्शिता, सुशासन तथा सदस्य केन्द्रित सेवामा विशेष जोड दिइएको गैरबैकिंङ्ग सम्पत्ती बिक्रिगर्नु चुनौतीपूर्ण भएपनि लगानी सुरक्षाको साथै जोखिममुक्त बनाउनु प्रमुख दायित्व भएकोले सो कदम चालिएको बताए । संस्थाको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै सचिव अशोक पौडेलले संस्थाको एक वर्षे गतिविधि साथै निर्णयहरु र संस्थागत उपलब्धिहरु प्रस्तुत गरे ।
लेखा तथा सुपरिवेक्षण समिती संयोजक ज्ञानेन्द्र बहादुर थापाले लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थालाई मार्गनिर्देशन गर्ने सुझावहरु प्रस्तुत गरेका थिए ।
सम्पूर्ण शेयर सदस्यहरु तर्फबाट पत्रकार दिननाथ बराल ले संस्था बलियो बनाउन कोषको प्रयाप्त ब्याबस्था गर्नुपर्ने कुरालाई जोड दिँदै सहकारी क्षेत्र दिनप्रतिदिन धरासायी भैरहेको र अनेक समाचार सुन्नमा आएको अवस्थामा संस्थाले सन्तोषजनक उपलब्धि हासिल गरेको व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार हुने अपेक्षा व्यक्त गरेका छन् । सल्लाहकारहरुको तर्फबाट मन्तव्य राख्दै कुमार आचार्यले विषम परिस्थितिमा संस्थालाई जोखिममुक्त बनाउन सुशासनको नीति अवलम्वन गर्नुपर्ने र दण्ड र पुरस्कारको व्यवस्था गरि सदस्यहरुलाई हौसला दिनुपर्ने बताए । पूर्व अध्यक्षहरुको तर्फबाट चुडामणि बरालले संस्थाको स्थापना नै दरिलो संगठनबाट स्थापित भएकोले संस्थाको भबिस्य उज्ज्वल रहेको व्यक्त गरे ।
कार्यक्रमको स्वागत मन्तव्य निवर्तमान अध्यक्ष राजन पन्तले र धन्यवाद ज्ञापन संस्थापक अध्यक्ष खेमराज बरालले गरे भने कार्यक्रम सञ्चालन सचिव अशोक पौडेलले गरेका थिए ।





