आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको साधारणसभा

नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको साधारणसभा


  • ढाेरपाटन संवाददाता
  • पुष १२ २०८२, शनिबार

बागलुङ/नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको ३१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले हाल संचालनमा रहेका परियोजनालाई व्यवस्थित र परिपक्व रुपमा संचालन गर्ने र आगामी दिनमा सामाजिक क्षेत्रमा थप कार्यक्रम ल्याउने गरी तयारी भएको बताइएको छ ।

साधारणसभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले गैरसरकारी संस्थाहरु विकासको साझेदार भएको बताए । उनले नगरपालिकाका शिक्षा, स्वास्थ्य र आयआर्जनका कार्यक्रममा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले सहकार्य गरेको भन्दै नगरकै अभियानमा साथ मिलेको पनि बताए ।

हाल एनजिडिएफको सहकार्यमा बागलुङ नगरपालिकामा आत्मनिर्भर बागलुङ कार्यक्रम अन्र्तगत हेफर परियोजना संचालनमा छ ।

त्यस्तै बागलुङ नगरपालिकासहित जिल्लाका १० वटै पालिकामा सम्बोधन परियोजना पनि सञ्चालनमा छ । मातृ तथा शिशु स्वास्थ्य, पछाडि पारिएको क्षेत्रको उत्थान, अपांङ्गता र उष्ण प्रदेशीय रोग विरुद्वको कार्यक्रम उक्त परियोजनामा संचालन गरिएको हो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, जिल्ला समन्वय समितिका समन्वय अधिकारी कृष्णराज गौतम, सल्लाहकार नवराज पौडेल, विष्णु प्रसाद सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अबिरल’ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका अध्यक्ष यमप्रसाद कँडेलको अध्यक्षता, सचिव उमेश गौतमको संचालन र उपाध्यक्ष यामलाल कँडेलको स्वागतमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष राधिका सापकोटा र सचिव उमेश गौतमको प्रतिवेदन पास भएको थियो ।

फाउण्डेसनले फेयरमेड फाउण्डेसन, हेफर नेपाल, युएनडिपी, विभिन्न स्थानीय तहको सहकार्यमा पर्यापर्यटन, आयआर्जन, राष्ट्रपति महिला उत्थान तथा जिविकोपार्जन सुधार कार्यक्रम, बौद्विक अपांङ्गता भएका व्यक्तिका लागि दिवा सिकाइ केन्द्र संचालन जस्ता काम गरेको छ ।

कार्यक्रम उद्घाटनकै क्रममा १३ वर्षिय अपांग बालिका वर्षा थापालाई हिल चियर प्रदान गरिएको थियो । बानपाका प्रमुख बसन्तकुमार श्रेष्ठले ती बालिकालाई हिल चियरमा राखेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->