बागलुङ/बलेवा एकता बचत तथा ऋण सहकारी संस्था बागलुङ बजार सदस्य सेवा केन्द्रको संयोकमा प्रकाश प्रसाद शर्मा चयन भएका छन् । शनिबार बागलुङ बजारमा सम्पन्न एकाइगत साधारणसभाले शर्माको नेतृत्वमा आगामि चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
तीन जना मात्रै पदाधिकारी रहने सेवा केन्द्रको सचिवमा बाबुराम लम्साल र कोषध्यक्षमा सरस्वती शर्मा आचार्य सर्वसम्मत चयन भएका छन् । सेवा केन्द्र सञ्चालन समितिका सदस्यहरुमा हरिप्रसाद शर्मा, बालाजी शर्मा, राजेन्द्र ढकाल र कोपिला श्रीष चयन भएको निर्वाचन समितिका संयोजक प्रताप पौडेलले बताए ।
सहकारीको केन्द्रिय साधारणसभा पौष १९ गते नारायणस्थानमा हुँदैछ । तीन सदस्य केन्द्र र नारायणस्थानमा केन्द्रिय कार्यालय रहेको सहकारीमा दुई हजार पाँच सय बढी शेयर सदस्य छन् ।
एकाईगत साधारणसभामा सहकारी पाँच जना बचतकर्ता, कर्मचारीलाई सम्मान गरेको थियो ।





