आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

निलगिरी सहकारीको १८ औँ साधारण सभा सकियो

निलगिरी सहकारीको १८ औँ साधारण सभा सकियो


  • ढाेरपाटन संवाददाता
  • पुष १२ २०८२, शनिबार

बागलुङ/निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री दिपेन्द्रबहादुर थापाले सहकारीहरु समुदायको भरोसा, आर्थिक रूपान्तरणको आधार, र सामाजिक एकताको बलियो स्तम्भ बन्नुपर्ने बताए । उनले गाउँगाउँको अर्थतन्त्रलाई चलायमान बनाउन, उद्यमशीलता प्रवद्र्धन गर्न सहकारीहरु सक्रिय बन्नुपर्ने बताए ।

पछिल्लो समय सहकारी प्रति नागरिकको शंका बढेकोे मन जितेर का मगर्न उनले सुझाव पनि दिए । थापाले सहकारीलाई बचत–ऋणमा मात्र सीमित नराखी उत्पादन, रोजगारी सिर्जना, डिजिटल प्रविधि, र पर्यटनसँग जोडेर विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेल जिल्ला सहकारी संघका सचिव तेजप्रसाद शर्मा लगायतले एकादुइ सहकारीमा आएको समस्याका कारण डराउन नहुने बताए । उनिहरुले अन्य जिल्लाको तुलनामा बागलुङ सहकारी क्षेत्रको विकासमा अब्बल बन्दै गएको दाबी गरे ।

२०६५ सालमा ३० जना शेयर सदस्यबाट आफ्नो सेवा सुरु गरेको निलगिरी सहकारीमा हाल १ हजार ३ सय बढि शेयर सदस्य रहेका छन । सहकारीले बलेवा क्षेत्रलाई लक्षित गरी बागलुङ नगरपालिका १३ पैयुँपाटाबाट आफ्नो सेवा केन्द्र संचालन गरेको छ ।

जिविकोपर्जन र आर्थिक समृद्धिका लागि निलगिरी सहकारी भन्ने अभियानका साथ संचालन गरिएको सहकारीमा झण्डै ४ करोडको शेयर पुँजी रहेको संस्थाका अध्यक्ष मिनबहादुर केसीले जानकारी दिए । संस्थाले आ.व. २०८१÷०८२ मा १ अर्ब ४९ करोड ४६ लाख ४८ हजारको कारोबार गरेको छ ।

साधारण सभामा सचिव पौडेलले प्रगती प्रतिवेदन कोषाध्यक्ष कृष्ण प्रसाद शर्माको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक परशुराम सुवेदीको लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले तिनवटै प्रतिवेदन सर्वसम्मत पास गरेको छ । सहकारीका अध्यक्ष मिनबहादुर केसीको अध्यक्षता सदस्य हायश्वर सुवेदीको स्वागत, सचिव प्रकाश पौडेल र सहसचिव नारायण रिजालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->