मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गलत मान्छेलाई मत दिँदा हात कापोस् : मन्त्री सिन्हा

गलत मान्छेलाई मत दिँदा हात कापोस् : मन्त्री सिन्हा

‘जसले देशलाई यो हालतमा पु¥याए, उसलाई भोट दिन तपाईंहरूको हात काप्नैपर्छ,’ उनले भने, ‘तपाईंहरू नेतृत्व राम्रो पठाउनुस् । राजनीति गर्ने मात्र होइन, उद्योग चलाउन सहज वातावरण बनाइदिन सक्छ । त्यो दूरदृष्टि राखेको नेतृत्व चाहियो ।’


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०८२, आइतबार

पोखरा/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले देशलाई सही दिशा दिन सक्ने नेतृत्वलाई मतदान गर्न आग्रह गरेका छन् ।

पोखरा औद्योगिक क्षेत्र उद्योग संघको २३ औं रजत महोत्सवको उद्घाटन गर्दै मन्त्री सिन्हाले देशलाई अहिलेको हालतमा पु¥याउने नेतृत्वलाई मतदान गर्दा हात काप्नुपर्ने बताएका हुन् । दूरदृष्टि राखेको नेतृत्व चाहिने भन्दै उनले त्यस्तो नेतृत्व भएमा उद्योग चलाउन सहज वातावरण मिल्ने बताए ।

‘जसले देशलाई यो हालतमा पु¥याए, उसलाई भोट दिन तपाईंहरूको हात काप्नैपर्छ,’ उनले भने, ‘तपाईंहरू नेतृत्व राम्रो पठाउनुस् । राजनीति गर्ने मात्र होइन, उद्योग चलाउन सहज वातावरण बनाइदिन सक्छ । त्यो दूरदृष्टि राखेको नेतृत्व चाहियो ।’

निर्वाचनपछि देश राजनीतिक वातावरणमा जाने भन्दै उनले अबको चुनावबाट राम्रो मान्छे आउनुपर्ने बताए ।

अर्को प्रसंगमा मन्त्री सिन्हाले जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणबाट पाठ सिक्दै सरकारले सुरक्षा योजनाका लागि पहल भएको बताए ।

उनले सानो योजना सम्पन्न गर्न पनि प्रक्रियागत झन्झट हुने गरेको बताउँदै ती झन्झट हटाउन र सरलीकरणका लागि सरकारले फेसलेस ट्रान्ज्याक्सनका उपाय अपनाउन सुरू गरेको बताए ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले नीति नियमहरु समय सापेक्ष हुन नसक्दा प्रक्रियागत झन्झट व्यहोर्नुपरेको बताए ।

अस्थिर सरकार, झन्झटिलो नीतिका कारण प्रदेश सरकारले नतिजामुखी काम गर्न नसकेको उनको भनाइ छ ।

उनले पोखरा औद्योगिक क्षेत्रभित्र स्थापित औद्योगिक सेवा केन्द्रसहितको पोखरा औद्योगिक क्षेत्र उद्योग संघको कार्यालय भवनको उद्घाटन पनि गरे ।

गण्डकीका उद्योगमन्त्री मित्रलाल बस्यालसँगै मञ्चमा बसेका उनीसमक्ष उद्योगी÷व्यवसायीहरुले सरकारले उद्योगमैत्री नीति नल्याएको र सधैँ दुःख दिएको गुनासो सुनाए । पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष रुद्रलाल श्रेष्ठको अध्यक्षतामा आयोजित सो कार्यक्रममा संघको रजत महोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिका विमोचनसहित पूर्वअध्यक्षहरुलाई सम्मानित गरिएको उपाध्यक्ष दीपेन्द्र बस्ताकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->