मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

रोगले मासिदै कृष्तीका सुन्तला

रोगले मासिदै कृष्तीका सुन्तला

रुखबाटै बिक्री हुन्छन्, पोखरा भन्दा बढि काठमाडौं निर्यात


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०८२, मंगलबार

सुन्तला टिपेपश्चात ल्याउँदै भूवानी सुवेदीसँगै नवराज सुवेदी । काठमाडौं लैजान के्रटमा छुट्याएर राखिदै । तस्वीर : ढोरपाटन
पोखरा/कृस्तीका भूवानी प्रसाद सुवेदी यतिबेला सुन्तला टिप्नमा व्यस्त छन् । नवराज सुवेदीको बारीमा उनी सुन्तला टिपिरहेका छन् । सुन्तलाको मौसम सुरु भएपछि भूवानी निकै व्यस्त हुन्छन् ।

नवराजले कृस्तीका सुन्तला काठमाडौंको कालिमाटीमा पु¥याउछन् । आफ्नो बारीसहित गाउँका सुन्तला सबै ठेक्कामा लिएका उनले १६ जना सुन्तला टिप्नका लागि कामदार राखेका छन् ।

यस पटक एक करोड आम्दानी गर्ने उनको लक्ष्य रहेको छ । तर, सुन्तला सानो फलेकाले उनी चिन्तामा छन् । उता भूवानी प्रसाद पनि अहिलेको सुन्तला देखेर निराश भएका छन् । हरेक वर्ष घरमै पनि सुन्तला बेचेर एक डेढ लाख रुपैयाँ आम्दानी गर्ने भुवानीले दैनिक ज्यालामा समेत काम गर्छन् । ६–७ वर्ष अघिसम्म १५ क्यारेटसम्म एउटै व्यक्तिले सुन्तला टिप्ने कृस्तीमा अहिले १० क्यारेट टिप्न समेत हम्मे हम्मे भएको छ । कारण हो सुन्तलामा लागेको रोग । पहिला चार वटा ग्रेडको सुन्तला पाइने कृस्तीमा अहिले तीन वटा ग्रेडका मात्रै सुन्तला फल्ने गरेका छन् । सुन्तलाका बोटहरु धमाधम मर्न थालेका छन् भने फल समेत फल्न छाडेका छन् ।

‘पहिला त्यतिबेला हरेक व्यक्तिले १५ क्यारेटसम्म सुन्तला टिप्ने गरेका थियौं तर, अहिले १० क्यारेट पनि टिप्न सकिदैन । पहिलाको सुन्तला गुणस्तरीय थियो अहिले त्यो पाइदैन ठुला सुन्तला असाध्यै मिठो हुन्थ्यो जुन अहिले पाउन छाड्यो । सुन्तला पनि साना फल्न थालेका छन् । बोटको अवस्था हेर्दा टुप्पोमा पहिलिएर गएको छ सुन्तला फैलनुपर्नेमा नष्ट हुँदै गइरहेको छ’ भुवानीले भने, ‘पहिलाको देखी धेरै नाजुक छ पहिला चार ग्रेडका सुन्तला हुन्थे अहिले तीन ग्रेडमा झरेको छ । पहिलो ग्रेडमा ठूलो दाना हुन्थ्यो अहिले त्यो छैन् । एक दशक अघि उक्त दाना होलसेलमै प्रतिकिलो एक सय ६० देखी ७० सम्म दाम पथ्र्यो ।’
कृषि विज्ञहरुले बारम्बार परिक्षण गरेपनि रोग पत्ता लगाउन नसकेको उनी बताउछन् । धेरै निरिक्षण भएतापनि निराकण हुन नसक्दा नयाँ बोट लगाउनुपर्ने बाध्यता भएको छ । कृस्तीमा अहिले फलेका सुन्तला काठमाडौंको कालिमाटीमा पुग्ने गरेको छ । पोखरामा विक्रि कम हुँदै गएपछि काठमाण्डौंतर्फ धकेलिएको र अहिले पुरै बोट ठेक्कामा गइसकेको उनी सुनाउछन् ।

उनका अनुसार अहिले स्वादमा समेत फरकपन देखिदै गएको छ । सुन्तला विक्रिका लागि पहिला बोकेरै विरौटा, पृथ्वीचोकसम्म जानुपर्ने बाध्यता थियो तर, अहिले सडक सञ्जाल जोडिएपछि दैलोमै सुन्तला लिन आएपनि उत्पादनमा कमी आउन थालेको हो । ‘पहिलो बोकेर लग्नुपथ्र्यो उत्पादन राम्रो थियो तर, अहिले यातायातको सुविधा छ तर, उत्पादनमा ह्रास आइरहेको छ । सायद प्रदुषणले पनि होला समस्या आएको अहिले राज्यले हामीलाई नयाँ जानका विरुवा दिनुभयो प्रविधिको प्रयोग गर्न सिकाउनुभयो तर, पनि सफल हुन सकिरहेको छैन्’ उनले भने । फुस्रेखोला देखी नै सुन्तला फल्ने गरेपनि अहिले मासिदैँ बेसीबाट माथितर्फ लागेको र अबका तीन चार वर्षमा झन मासिने हो की भन्ने चिन्ता देखिएको उनको भनाइ छ । आफ्नो बारीसहित गाउँका सुन्तला ठेक्कामा लिएका किसान नवराज सुवेदीले बुटो मर्दै जाँदा उत्पादनमा कमी आएको र उत्पादन भएकामा पनि साना दाना फल्ने गरेको बताए । अहिले दैनिक एक सय १५ क्यारेट सुन्तला उनले काठमाडौं पठाइरहेका छन् ।

उनी भन्छन, ‘पहिलाभन्दा अहिले कमि आएको छ । पहिला सुन्तला टिप्ने खेताला नै २०–२५ जना हुन्थे भने यो पटक १६ जनामात्रै राखेका छौं । २५ दिन भयो सुन्तला टिपेको दैनिक ११५ क्यारेट सुन्तला पठाउने गरेका छौं ।’ उनका अनुसार एक क्यारेटमा २० किलो सुन्तला हुन्छ ।

अर्का किसान वसन्त सुवेदीको समेत समस्या उही छ । पोखरामा समेत व्यापार गर्दै आएका वसन्तको वारीमा एक सय वटा सुन्तलाका रुख छन् तर, अहिले ४०–५० वटामा मात्रै सुन्तला राम्रो सँग फलेको छ । उनले वार्षिक साढे दुई तीन लाख सम्म आम्दानी गरेका छन् । ‘फलेको यहिबाट ठेक्का दिने गरेका थियौं अहिले बाटोको सहजता भएकाले आफैले लगेर बेचिरहेको छु । अहिले त एक वर्ष कम फल्ने एक वर्ष राम्रो फल्ने गरेको छ’ उनले भने, ‘धेरै बुटाहरु रोगका कारण मासिए । चिस्यान भएका ठाउँमा मात्रै बाचेका छन केही बगानहरु मासिएका छन् ।’ त्यो बाहेक त्यहाँका किसानको मुख्य समस्या भनेको सिचाइँ हो । उनीहरु कृषिका लागि सिचाइँको अभाव भएको सुनाउछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->