बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सुनौलो सहकारीमा नयाँ सञ्चालक समिति

सुनौलो सहकारीमा नयाँ सञ्चालक समिति


  • ढाेरपाटन संवाददाता
  • पुष १९ २०८२, शनिबार

पोखरा/पोखराको लेकसाइडमा मुख्य कार्यालय रही क्रियाशिल सुनौलो बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा तथा छैठौं अधिबेशनले जीवनराज सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

नौ सदस्यीय समितिको उपाध्यक्षमा जगन्नाथ तिमिल्सिना, सचिवमा ईश्वरीप्रसाद पौडेल, कोषाध्यक्षमा गुणराज आचार्य र सदस्यहरूमा झबिलाल अधिकारी, उमादेवि अधिकारी, पार्बता पाण्डे, झन्कनाथ पौडेल र सुधा सुवेदी बराल रहेका छन् ।

त्यस्तै लेखा सुपरिबेक्षण समितिको संयोजकत्वमा लिला भट्टराई र सदस्यद्वयमा ताराप्रसाद गौतम र श्रीकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

सो अवसरमा विद्यार्थीद्वय आधारभुत तहमा आइशा क्रान्ति शर्मा र माध्यमिक तहमा भास्करप्रताप श्रेष्ठलाई नगदसहित शैक्षिक पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट कर्मचारी पुरस्कारतर्फ रिसेप्सनिष्ट अनिशा देवकोटा, उत्कृष्ट कारोबारी सदस्यतर्फ सदस्यद्वय शान्ता श्रेष्ठ र बिष्णुमाया सार्की लामिछानेलाई सम्मान गरिएको थियो ।

त्यस्तै संस्थामा विगत १० वर्षदेखि निरन्तर कार्यरत संस्थाका व्यवस्थापक गिरीधारी ढकाल र क्यासिअर लक्ष्मी थापालाई दशक सेवा पदकबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष टिकाराम सापकोटाले सदस्यहरुको जिज्ञासा स्पष्ट पार्दै सहकारीको वास्तविक स्थिती र सहकारीका गतिविधिबारे जानकारी गराएका थिए भने ऋण समिति संयोजक जिवनराज सापकोटाले ऋण सम्बन्धित विषयमा प्रष्ट पारेका थिए ।

साधारणसभाले सचिव सोमबहादुर थापाद्वारा प्रस्तुत सचिवको प्रतिवेदन, कोषाध्यक्ष लिला भट्टराईद्वारा प्रस्तुत भावी बजेट सहितको कोषाध्यक्षको प्रतिवेदन, लेखा संयोजक ईश्वरीप्रसाद पौडेलद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेका छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष टिकाराम सापकोटा, संस्थाका बरिष्ठ सल्लाहकार डम्बरबहादुर केसी, बच्चुराम तिवारी, कानुनी सल्लाहकार दामोदर अधिकारीले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->