आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आदर्श संचार सहकारीको १९ औं वार्षिक साधारणसभा

आदर्श संचार सहकारीको १९ औं वार्षिक साधारणसभा


  • ढाेरपाटन संवाददाता
  • पुष १९ २०८२, शनिबार

बागलुङ/आदर्श संचार सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा खराव कर्जा असुलीमा सक्रियता बढाउने, कालोसूचिमा परेकाहरुलाई कारवाहीको प्रकृयामा लैजाने र ठूला बचतकर्ताहरु घटाएर साना बचतकर्ता बढाउने लक्ष्य राखिएको छ ।

साधारणसभामा सम्पादक रामबहादुर जिसीले खराव ऋणी बनाउने लक्ष्य जानकारी गराए । उनले सानो पुजिबाट धेरै सदस्यमा सेवा दिने लक्ष्य र रणनीति बारे प्रस्तुतीकरण पनि गरेका थिए ।

सहकारी संस्थाले ३ हजार ४ सय शेयरसदस्यबाट ५ करोड ५९ लाख शेयर रकम पु¥याएको छ । सोही अबधिमा २० करोड ६३ लाख बचत संकलन गरी २९ करोड ९५ लाख कर्जा लगानी समेत गरेको छ । सहकारी मार्फत धौलागिरि जागरण दैनिक सहित विभिन्न संचार माध्यम पनि संचालनमा छन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष मनकुमारी केसी जिसीले संचार सहकारीलाई आम नागरिकको सहकारी बनाउनुपर्ने र आम नागरिकले विश्वास गर्ने सूचना प्रवाहमा पनि काम गर्न सक्नुपर्ने बताइन् । सहकारी संस्थाकी अध्यक्ष हुमाकुमारी जिसीको अध्यक्षता, सहसम्पादक सिर्जना पन्तको संचालन र उपाध्यक्ष ललिता थापाको स्वागतमा सम्पन्न कार्यक्रममा सचिव सरस्वती खड्का परियारको प्रगती प्रतिवेदन र कोषाध्यक्ष शान्तिलक्ष्मी श्रेष्ठको आर्थिक प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक अनन्त खड्काको प्रतिवेदन समेत पारित गरियो ।

सहकारीकी सहसम्पादक सिर्जना पन्त र उनका पति सन्तोष क्षेत्रीले बिवाहको बेला बचत गरेर अक्षयकोष बनाएको रकमबाट पछिल्लो १० बर्षदेखि सिर्जनशिल पत्रकारिता पुरस्कार समेत दिंदै आइएको छ । यो बर्षको पुरस्कार नेपाल पत्रकार महासंघ गण्डकीकी उपाध्यक्ष माया अधिकारीलाई प्रदान गरियो । १० हजार नगद सहित उनलाई सम्मान गरिएको थियो । अहिले सम्म उक्त कोषबाट १० जना पत्रकार पुरस्कृत भैसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->