आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नवप्रतिभाको बचत १५ करोड २६ लाखभन्दा बढी

नवप्रतिभाको बचत १५ करोड २६ लाखभन्दा बढी


  • अनिष पाठक
  • पुष २० २०८२, आइतबार

बागलुङ (खर्वाङ)/गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाले सहकारीले समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताएकी छन् । बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङको नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. को २९ औं वार्षिक साधारण सभाको अवसरमा थापाले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन र सहकारी ऐन तथा नियमको पूर्ण पालना गर्न आग्रह गरिन् ।

सभामा बडिगाडका उपाध्यक्ष भिमसेन बनले सहकारी क्षेत्रलाई समस्याग्रस्त हुन नदिन आन्तरिक नियन्त्रण प्रणाली मजबुत बनाउनु पर्नेमा जोड दिए । सदस्य केन्द्रित सेवा विस्तार, समयमै ऋण असुली र जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए ।

सहकारीका अध्यक्ष विष्णु प्रसाद भुसालले भावी कार्यक्रमसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा प्रवन्धक दुर्गादत्त अर्यालले २२ करोड ७ लाख ३५ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक नरिश्वर खरालले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीले साधारण सभाकै अवसरमा उत्कृष्ट वचतकर्ताको रुपमा कमला शर्मा, बोम बहादुर राना, खगिसरा बलामी, सुर्यबहादुर अधिकारी तथा असल ऋणीको रुपमा सुन्तली विश्वकर्मा र हेमलाल खराललाई सम्मान गरेको छ ।

यस्तै शेयर सदस्यका छोराछोरी मध्येबाट कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने धनराज गिरी र सोनिया घिमिरे, विद्यालयतर्फ त्रिभुवन नमुना मावि खर्वाङ तथा जेष्ठ शेयर सदस्यका रुपमा इन्द्रा वन, फति कुमारी सारु, मनबहादुर भुजेल थापा, भुमा कुमारी थापा र टेककुमारी पाण्डेलाई पनि सम्मान गरिएको हो ।

कार्यक्रम संस्थाका अध्यक्ष विष्णु प्रसाद भुसालको अध्यक्षता, उपाध्यक्ष खगिश्वर अर्यालको स्वागत तथा सचिव भिमलाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

२०५४ सालमा स्थापना भएको नवप्रतिभा यस क्षेत्रकै पुरानो सहकारीमा पर्दछ । २ करोड ७६ लाख २८ हजार ४ सय शेयर पुँजी रहेको सहकारीमा १५ करोड २६ लाख बढी बचत रहेको छ । सहकारीले बडिगाड गाउँपालिकाका वडा नं. १, २, ३, ४, ५ तथा गल्कोट नगरपालिकाको वडा नं. ११ कार्यक्षेत्र राखेर काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->