
काठमाडौं / नेपाल सौर्य विद्युत् उत्पादक संघको अध्यक्षमा भरतकुमार मल्ल र महासचिवमा नेत्र बहादुर खत्री निर्वाचित भएका छन् । संघको बुधवार समपन्न २५औं साधारणसभाबाट अध्यक्षमा मल्ल र महासचिवमा खत्री निर्वाचित भएका हुन् ।

नवनिर्वाचित महासचिव नेत्र बहादुर खत्रीलाई बधाई दिदै संघका निवर्तमान बरिष्ठ उपाध्यक्ष हरिनारायण गौतम । तस्वीरः तुफान गौतम
संघको वरिष्ठ उपाध्यक्षमा दीपक गौतम, प्रथम उपाध्यक्षमा रामेश्वर वाग्ले, द्वितीय उपाध्यक्षमा सुदर्शन बानियाँ, सचिवमा केशवराज शर्मा र कोषाध्यक्षमा रामप्रसाद कोइराला चयन भएको निर्वाचन समितिले जनाएको छ ।
संघको सदस्यहरुमा राजेन्द्रबहादुर खड्का, निस्था गौतम, विश्व शाह, कृष्णराज चुदाली, दीपकराज पौडेल, तिलकलाल श्रेष्ठ, कुमार बस्नेत सुबोध रिमाल र योगेन्द्रबहादुर श्रेष्ठ सर्वसम्मत भएका छन्। २५औं साधारण सभाको उद्घाटन उर्जा मन्त्री कुलमान घिसिङले गरेका थिए ।






