मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

घान्द्रुक पर्यटन महोत्सवका लागि ९ लाख जुट्यो

घान्द्रुक पर्यटन महोत्सवका लागि ९ लाख जुट्यो


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०८२, शुक्रबार

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आगामी फागुन ६ देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब घान्द्रुकको संयुक्त आयोजनामा हुने महोत्सवको सन्दर्भको पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको हो ।

घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा आयोजना गरिएको च्यारिटी डिनर कार्यक्रममा ९ लाख ६ हजार ६सय रुपैयाँ आार्थिक संकलन भएको रोधीं क्लब घान्द्रुकमा उपाध्यक्ष अमृत गुरुङले बताए ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले फागुन ६ देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको बताए ।

रोधीं क्लब घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले च्यारिटी डिनर कार्यक्रमले आर्थिक संकलन मात्र नभएर विभिन्न स्थानबाट आएका आफन्त साथीहरुसँग छलफल तथा भलाकुुसारी गर्ने अवसरसमेत प्राप्त भएको बताए ।

घान्द्रुक पर्यटन महोत्सवको अवसरमा पुरुष भलिबल प्रतियोगिता, पुरुष बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता, रस्साकस्सी र छेलो प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको रोधीं क्लब घान्द्रुकका उपाध्यक्ष गुरुङले बताए ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा एकैदिन २ हजार ५ सय बढी पर्यटक राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी वनठाटी–देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुक हुँदै टाडापानी–इसर–दोबाटो–मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ । यस्तै घान्द्रुक हुर्दै अन्नपूर्ण बेस क्यापसमेत जान सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->