बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘विसंगती हटाऔं, सहकारीप्रति सकारात्मक धारणा जगाऔं’

‘विसंगती हटाऔं, सहकारीप्रति सकारात्मक धारणा जगाऔं’


  • ढाेरपाटन संवाददाता
  • पुष २५ २०८२, शुक्रबार

बागलुङ/जिल्ला सहकारी संघ लि. बागलुङको १७ औं वार्षिक साधारणसभा बिहिबार शु्रु भएको छ । सहकारी संघले सबै सहकारीमा देखिएको विकृति विसंगती हटाएर नागरिकमा सहकारीप्रति सकारात्मक धारणा जगाउनुपर्ने बेला आएको सरोकारवालाले बताएका छन् ।

कार्यक्रममा सहकारी अगुवाले संघमार्फत हरेक सहकारीलाई सिद्दान्तमा हिंड्ने बनाउन सकेमा आम नागरिकमा सहकारी प्रतिको विश्वास बढ्ने बताए । राष्ट्रिय सहकारी बैंकका पुर्व संचालक रामबहादुर जिसीले सहकारीप्रतिको धारणा सकारात्मक बनाउन संघको भूमिका महत्वपुर्ण हुने बताए ।

कार्यक्रममा सिवाईसी सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा, लखन सहकारीका सचिव तेजेन्द्र थापा, कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । संघकी अध्यक्ष हुमाकुमारी जिसी अञ्जुको अध्यक्षता, सचिव तेजप्रसाद शर्माको संचालन र उपाध्यक्ष पिंगला जिसीको स्वागतमा सम्पन्न कार्यक्रममा सचिव तेजप्रसाद शर्माको प्रगती प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मण पुनको आर्थिक प्रतिवेदन र लेखा तथा सुपरीवेक्षक समितिका संयोजक मिनबहादुर केसीको प्रतिवेदन पास गरियो ।

संघले गत आर्थिक वर्ष ७ लाख ११ हजार आम्दानी गरेको र ७ लाख ५९ हजार खर्च गरेर ४७ हजार बचत गरेको जनाएको छ । संघमा आबद्द भएका १ सय ४१ सहकारी संस्थाको हितमा संघले काम गर्दै आएको छ । संस्थाहरुबाट संकलित १४ लाख ६२ हजार शेयर रकम, ४२ लाख १६ हजार निक्षेप र ४२ लाख ४७ हजार कर्जा लगानी गरेर कुल ७० लाखको वासलात प्रस्तुत गरिएको छ ।

साधारणसभा तथा अधिवेसनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि अध्यक्षमा तेजेन्द्र थापा र खिमबहादुर कार्की, उपाध्यक्षमा धु्रव शर्मा, गगनबहादुर पुन मगर, पिंगला जिसी, सचिवमा तिलक खड्का र यमदत्त कंडेल तथा कोषाध्यक्षमा शिवकुमारी खत्री र पुर्णप्रसाद पौडेलले दावी गरेका छन् ।

साथै, लेखा समितिको संयोजकमा डिलबहादुर केसी र प्रेमबहादुर केसीले उमेदवारी दिएका छन् । सबै सदस्यमा आवस्यकभन्दा बढी उमेदवार परेकोले सर्वपक्षिय कार्यदलमार्फत टुंगो लगाउने गरी अधिवेसन अगाडि बढेको निर्वाचन अधिकृत राम शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->