बागलुङ/जिल्ला सहकारी संघ लि. बागलुङको अध्यक्षमा खिमबहादुर कार्की सर्वसम्मत चयन भएका छन् । संघको १७ औं वार्षिक साधारणसभाबाट कार्कीको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति र डिलबहादुर केसी संयोजक रहेको ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता राम शर्माले जानकारी दिए ।
सञ्चालक समितिको उपाध्यक्षमा पिंगला खड्का जिसी, सचिवमा गणेश नेपाली, कोषाध्यक्षमा पूर्णप्रकाश पौडेल तथा सञ्चालक सदस्यमा गगनबहादुर पुन, जगन्नाथ सापकोटा, शिवकुमारी खत्री, तिलक खड्का र मनुदेवी गुरुङ चयन भएका छन् ।
लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा थानेश्वर सुवेदी र सरिता अधिकारी पन्त चयन भएका छन् । साधारणसभाको बन्दसत्र र उमेदवारहरुको सहमतिमा सर्वसम्मत नेतृत्व चयन गर्नका लागि गठित कार्यदल संगको परामर्शमा निर्वाचन समितिले सर्वसम्मत निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित भएको घोषणा गरेको हो ।
नव निर्वाचित समितिलाई निवर्तमान अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) ले बधाई तथा शुभकामना दिएकी थिइन् । नवनिर्वाचित अध्यक्ष कार्कीले सहकारीको भावना, जिल्ला सहकारी संघको कार्यदेश अनुसार सबैसंग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।





