आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

साझेदारीले २८ लाख ९३ हजार नाफा कमायो

साझेदारीले २८ लाख ९३ हजार नाफा कमायो


  • ढाेरपाटन संवाददाता
  • पुष २६ २०८२, शनिबार

बागलुङ/साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले कार्यसमितिमा हेरफेर गर्नुको साथै सचिव, कोषाध्यक्ष र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पास गरेको छ ।

साधारणसभाले हाल कोषाध्यक्ष रहेका गणेशराज लम्साललाई सचिव पदमा पदस्थापन गराएको छ । सचिव डिल्लीप्रसाद गौतमले राजिनामा गरेपछि पद खाली थियो । कोषाध्यक्षमा बाबुराम शर्मा र सदस्यमा सिर्जना शर्मा रिजाललाई चयन गरिएको हो । लम्साल सचिव बनेपछि कोषाध्यक्षमा शर्मा चयन हुँदा सदस्यमा रिजाल थप भएकी हुन् ।

साधारणसभाको उद्घाटन गर्दै जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सहकारीप्रति अनास्था बढीरहेको बेला साझेदारी सहकारीले शेयर सदस्यको विश्वास जितेको, आफ्नै पसलमार्फत कारोवार बढाएको र सहकारीको सिद्दान्तमा रहेर काम गर्न थालेको बताए । उनले सहकारीका हरेक सदस्यलाई उद्यमशिलता र उत्पादनमा लाग्न पनि आग्रह गरे ।

साधारणसभामा सह–सचिव श्रीकृष्ण पौडेलको प्रगती प्रतिवेदन, कोषाध्यक्ष गणेशराज लम्सालको आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षक समितिका संयोजक मनोजराज शर्माको प्रतिवेदन पारित गरियो । सहकारीका अध्यक्ष तेजप्रसाद शर्माको अध्यक्षता, सह–सचिव श्रीकृष्ण पौडेलको संचालन र उपाध्यक्ष चुडामणी उपाध्यायको स्वागतमा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष हरिप्रसाद गौतम, हिरामणी शर्मा, सहकारी अभियान्त चण्डीप्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राखेको प्रबन्धक त्रिलोचन रिजालले बताए ।

सहकारीले गत आर्थिक वर्षमा १५ करोड खुद बचत गरेको छ भने १८ करोड २२ लाख लगानी गरेको छ । गत आव ३ लाख १५ हजार शेयर जम्मा गरी कुल ४ करोड ९६ लाख पु¥याएको छ । सो अबधिमा सहकारीले २८ लाख ९३ हजार नाफा कमाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->