बागलुङ/नवरत्न बहुउद्देश्यीय सहकारी बागलुङको अध्यक्षमा मेजर तेजबहादुर खत्री सर्वसम्मत रुपमा चयन भएका छन् । संस्थाको १५ औँ साधारण सभाले खत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा हरिबहादुर कार्की, सचिवमा प्रेमबहादुर क्षेत्री, कोषाध्यक्षमा अगन बहादुर खड्का र सह–सचिवमा भुमिकला थापा, सदस्यहरुमा प्रकाश प्रसाद शर्मा, तुलसी खड्का केसी, सरस्वती खड्का क्षेत्री र लालबहादुर केसी रहेका छन् ।
यसैगरी हेमराज गौतम संयोजक र कृष्ण बहादुर खड्का र तेजबहादुर केसी सदस्य रहेको ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरिएको निर्वाचन समिति संयोजक तथा कानुनी सल्लाहकार रमेश बहादुर खड्काले जानकारी दिए ।
साधारण सभाको उद्घाटन गर्दै नवप्रतिभा परोपकार बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम केसीले सबैको हातेमालोबाट मात्र सहकारीलाई सफल र सक्षम बनाउन सकिने बताए । नवरत्न सहकारीले नाम जस्तै काम पनि नयाँ तरिकाले गर्ने भएकाले हरेक कारोवार पारदर्शी र संस्था मजबुत बनेको केसीले बताए ।
सहकारीका संस्थापक अध्यक्ष बलबहादुर खड्का, संस्थाका पुर्व अध्यक्ष हेमबहादुर खत्री, आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार डिलबहादुर कार्की, नवरत्न सहकारी संस्थाका कानुनी सल्लाहकार रमेश बहादुर खड्का, नवरत्न सहकारीका संचालक कविराज जिसी लगायतले शुभकाममना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा सचिव तेजबहादुर खत्रीले प्रगति प्रतिबेदन, कोषाध्यक्ष प्रेमबहादुर क्षेत्रीले आर्थिक प्रतिबेदन, लेखा सुपरिवेक्षण समिति संयोजक हेमराज गौतमले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा संस्थाका जेष्ठ शेयर सदस्य चित्रबहादुर खत्री क्षेत्री र जई कुमारी घर्ति क्षेत्रीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै असल ऋणी, उत्कृष्ट बचतकर्ता, असल बाल बचतकर्ता र सामुदायिक एवं आवासिय विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका छोराछोरीसहित दुई दर्जन बढीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष देबबहादुर खड्काको अध्यक्षता, उपाध्यक्ष हरिबहादुर कार्कीको स्वागत र सचिव मेजर तेजबहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो ।





