बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गाउँ विकास सहकारीमा योगेन्द्र

गाउँ विकास सहकारीमा योगेन्द्र


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०८२, आइतबार

पोखरा/पोखराको बाटुलेचौरमा रहेको श्री गाउँ विकास समाज सहकारी संस्था लिमिटेडको अध्यक्षमा योगेन्द्र बहादुर बस्नेत चयन भएका छन् । सहकारीको शनिबार सम्पन्न १३ औं अधिवेशनले बस्नेतको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।

सहकारीको उपाध्यक्षमा बलबहादुर थापा, सचिवमा लक्ष्मी देवकोटा, कोषाध्यक्ष कुलबहादुर खत्री र सदस्यमा मनु बस्नेत, जगत वहादुर कार्की,शिवशोभा खड्का, दिलबहादुर बानियाँ, रामजी जिसी चयन भए । त्यस्तै लेखा समिति संयोजकमा सुशील थापा र ऋण समिति संयोजकमा गोविन्द बहादुर थापा छन् ।

संयोजक चित्र बहादुर थापा, सदस्य सुशील बस्नेत र प्रकाश थापाको निर्वाचन समितिले संचालक समिति चयन गरेको हो।सहकारीले उत्कृष्ट दैनिक बचतकर्ता यज्ञबहादुर बस्नेत, मासिक बचतकर्ता बाबुराम श्रेष्ठ र उत्कृष्ट कारोवारीमा अनिता गुरुङ सम्मानित भए । उनीहरुलाई प्रमुख अतिथि सहकारीका सल्लाहकार दुर्गालाल श्रेष्ठ, सल्लाहकार दुर्गा केसी थापा , निर्वाचन समितिका संयोजक चित्र बहादुर थापा लगायतले सम्मान गरे । यसअघि सभाको उद्घाटन गर्दै सल्लाहकार दुर्गालाल श्रेष्ठले स साना वचतकर्ताको साथ र सहयोगले नै सहकारी संस्था दिगो बन्ने बताए ।

कार्यक्रममा समाजसेवी चित्रबहादुर थापा, मनु बस्नेत, उपाध्यक्ष सुशील बस्नेत लगायतले सहकारीका विषयमा बोलेका थिए । अध्यक्ष कर्णबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव योगेन्द्र बहादुर बस्नेतले गरेका थिए । सभाले कोषाध्यक्ष सुशील बस्नेतको आर्थिक र लेखा संयोजक कुलबहादुर खत्रीले पेश गरेको लेखा प्रतिवेदन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->