शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ग्रीन डेभलपमेन्ट बैंकले ८.४६२ लाभांश वितरण गर्ने

ग्रीन डेभलपमेन्ट बैंकले ८.४६२ लाभांश वितरण गर्ने


  • ढोरपाटन संवाददाता
  • माघ १ २०८२, बिहिबार

पोखरा/ग्रीन डेभलपमेन्ट बैंक लि.को १३ औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८१÷८२ को अन्त्यमा कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस शेयर र ०.४२३१४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश गरी ८.४६२७ लाभांश वितरण गर्ने प्रस्तावसहित सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गर्यो ।

बैंक सञ्चालक समितिका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको कार्यक्रम सञ्चालन बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव हरिबहादुर बुढाथोकीले गरेका थिए ।

सभामा बैंकका पूर्व सञ्चालक विश्वमोहन अधिकारीले देशको विद्यमान आर्थिक चुनौतीका बावजुद बैंकले हासिल गरेको उपलब्धीको प्रशंसा गरे । यसैगरी बैंकका पूर्व सञ्चालक मनोविज्ञान श्रेष्ठले बैंकले शेयरधनीहरुलाई आगामी वर्ष दोहोरो अंकमा प्रतिफल दिने गरी कार्ययोजनाका साथ अगाडी बढ्न सुझाए । सभामा डा. प्रदिप घिमिरेले बैंकले साधारण सभा सम्पन्न गरेकोमा शुभकामना दिंदै आगामी दिनमा अझ गुणस्तरिय बैंकिङ्ग सेवा एवम् डिजिटलाईजेसनमा जोड दिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकको शाखा सञ्जालमार्फत वित्तीय पहुँचबाट बञ्चित समुदायलाई समेट्ने, दिगो लगानी प्रवद्र्धन गर्ने, डिजिटल उपकरण थप गरी सेवा गुणस्तरमा निरन्तर सुधार ल्याउने साथै ग्रीन बैंकिङ्ग, हरित कर्जा प्रवाह तथा सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत समुदायसँग गहिरो सम्बन्ध कायम गर्दै जिम्मेवार बैंकका रुपमा स्थापित गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->