आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

धन्वन्तरी स्वास्थ्य सहकारीको अध्यक्षमा रामचन्द्र

धन्वन्तरी स्वास्थ्य सहकारीको अध्यक्षमा रामचन्द्र

साधारण सभाले मुक्तिराम सापकोटा संयोजक तथा ठाकुरप्रसाद रिजाल र राजेन्द्र बहादुर जिसी सदस्य रहेको लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • माघ १ २०८२, बिहिबार

बागलुङ/धन्वन्तरी स्वास्थ्य सहकारी संस्था लि. बागलुङको १० औं साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । साधारण सभाले रामचन्द्र सापकोटाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा समबहादुर क्षेत्री, सचिवमा यमकुमार मल्ल, सहसचिवमा गोविन्द बहादुर जिसी र कोषाध्यक्षमा लक्ष्मी प्रसाद सापकोटा रहेका छन् । यसैगरी समितिका सदस्यहरुमा टंकराम सुवेदी र सनम श्रेष्ठ रहेका छन् ।

साधारण सभाले मुक्तिराम सापकोटा संयोजक तथा ठाकुर प्रसाद रिजाल र राजेन्द्र बहादुर जिसी सदस्य रहेको लेखा सुपरीवेक्षण समिति चयन गरेको संस्थाका सचिव हिराबहादुर केसीले जानकारी दिए ।

साधारण सभाको उद्घाटन सहकारी संस्थापक अध्यक्ष रमाकान्त सापकोटाले केही ऋणीले सहकारीबाट लगेको रकम नर्तिदा समस्या उत्पन्न भएको बताए । उनले अब घरघरमै पुगेर ऋण असुल गरिने बताए । कार्यक्रममा सहकारीका सविच हिराबहादुर केसीले प्रगति र कोषाध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम संस्थाका कार्यवहाक अध्यक्ष रामचन्द्र सापकोटाको अध्यक्षता र सचिव हिरा बहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->