आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ दुग्ध व्यवसायी सघंको आठौं साधारण सभा

बागलुङ दुग्ध व्यवसायी सघंको आठौं साधारण सभा

कृषि तथा पशुपालन व्यावसायको सुरक्षाका लागि राज्यले सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग


  • ढोरपाटन संवाददाता
  • माघ १ २०८२, बिहिबार

बागलुङ/बागलुङ दुग्ध व्यवसायी संघ बागलुङको आठौं साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन बागलुङ नगरपालिका वडा नं. ४ का अध्यक्ष कुमार बिक्रम क्षेत्रीले गरेका थिए । सो अवसरमा बोल्दै उनले राज्य कृषकहरुप्रति उत्तरदायी नबन्दा सम्पुर्ण दुग्ध व्यावसायी किसानहरु तहसनहस बनेको बताए ।

महंगो पशु आहारा तथा औषधी उपचार र दुधको उचित मुल्य नहुनु लगायतका कारणले पछिल्लो समय पशुपालक किसान पलायन बन्दै गएको चर्चा गर्दे उनले कृषि तथा पशुपालन व्यावसायको सुरक्षाका लागि राज्यले सेवा सुविधा उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे ।

सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, दुग्ध उत्पादन सहकारी संस्था लि.का अध्यक्ष दिपक गौतम र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक कृष्ण प्रसाद पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम दुग्ध व्यावसायी संघका अध्यक्ष नन्दलाल जैसीको अध्यक्षता, सचिव वेदप्रसाद आचार्यको स्वागत र सदस्य नारायण प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->