बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य


  • ढाेरपाटन संवाददाता
  • माघ २ २०८२, शुक्रबार

पोखरा/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । यस्तै डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर १ रुपैयाँ घटेको छ।

निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु १ सय ५६ र डिजेल र मट्टीतेल प्रतिलिटर रु १ सय ३६ कायम भएको छ। इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->