शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ढोरपाटन दैनिक ‘राष्ट्रिय क’ बर्गमा, सम्पादक गौतमले साटे खुशी

ढोरपाटन दैनिक ‘राष्ट्रिय क’ बर्गमा, सम्पादक गौतमले साटे खुशी

गण्डकीको व्यवस्थित र प्रतिष्ठित मिडिया हाउस ढोरपाटन सञ्चार प्रा.लि.द्धारा प्रकाशित ढोरपाटन दैनिकलाई प्रेस काउन्सिलले पत्रपत्रिका वर्गीकरणमा ‘राष्ट्रिय क’ बर्गमा बर्गिकरण गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • माघ २ २०८२, शुक्रबार

पोखरा / गण्डकी प्रदेशको राजधानी पोखरा र साविक धौलागिरीको सदरमुकाम बागलुङबाट एकसाथ प्रकाशित हुने ढोरपाटन दैनिक ‘राष्ट्रिय स्तरको क’ बर्गमा परेको छ । प्रेस काउन्सिल नेपालले २०७९ /८० को पत्रपत्रिकाको वर्गीकरण नतिजा शुक्रबार प्रकाशन गरेको हो ।

विगत २२ वर्षदेखि नियमित रुपमा प्रकाशित हुँदै आएको गण्डकीमा सवैभन्दा बढि व्यवस्थित र प्रतिष्ठित मिडिया हाउस ढोरपाटन सञ्चार प्रा.लि.द्धारा प्रकाशित ढोरपाटन दैनिकलाई प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरणमा ‘राष्ट्रिय क’ मा बर्गिकरण गरेको हो ।

काउन्सिलले शुक्रवार सार्वजनिक गरेको नतिजा अनुसार ढोरपाटन दैनिकले प्रकाशन गर्ने सञ्चार सामाग्रीको गुणस्तर, वितरण प्रणाली, यसको प्रभावकारिता, निरन्तरता लगायतका विषयमा मूल्यांकन गरी ‘राष्ट्रिय क’ बर्गको मान्यता दिएको हो ।

प्रेस काउन्सिलले देशभरका पत्रपत्रिकाहरूको सम्परीक्षण गरी हरेक वर्ष वर्गीकरणको नतिजा सार्वजनिक गर्ने गर्दछ । काउन्सिलले समाचारको सन्तुलन, विचारको विविधता, सम्पादकीय स्वतन्त्रता, पत्रकार आचारसंहिताको पालना र वितरण प्रणाली लगायतका विषयमा मापदण्ड तयार गरी पत्रपत्रिकाको वर्गीकरण गर्दै आएको छ ।

वि.सं. २०६० भदौ १ गते बागलुङबाट प्रकाशन सुरु भएको ढोरपाटन दैनिक मुलुक संघियतामा गएसंगै वि.सं. २०७५ फागुन २९ गतेदेखि गण्डकी प्रदेशको राजधानी पोखराबाट पनि प्रकाशन सुरु गरेको थियो । प्रकाशन सुरुका समयमा काउन्सिलबाट ‘स्थानीय क’ वर्गमा वर्गिकरण हुँदै आएको ढोरपाटन दैनिक प्रदेशबाट प्रकाशन सुरु गरेसंगै ‘प्रदेश स्तरको ‘क’ वर्गको पत्रिकाको रुपमा बर्गिकृत थियो ।

काउन्सिलले आ.वं.२०७९/८०को पत्रपत्रिका बर्गिकरणको नतिजा शुक्रवार प्रकाशन गरेसंगै ‘राष्ट्रिय स्तरको ‘क’ बर्गमा सूचिकृत भएको छ । ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमले ढोरपाटन दैनिकलाई ‘राष्ट्रिय स्तरको क’ वर्गमा पुराउने कार्यमा पत्रिकामा कार्यरत पत्रकार, कर्मचारी र व्यवस्थापनको सिंगो टीम, ग्राहकको अतुलनिय माया, विज्ञापनदाताको सहयोग र शुभेच्छुकको शुभेच्छाको महत्वपूर्ण देन रहेको बताउदै समबन्धित सवैप्रति आभारसहित धन्यवाद ब्यक्त गरेका छन् । उनले पत्रिका राष्ट्रिय स्तरको ‘क’ बर्गमा बर्गिकृत भएसंगै आफ्नो टीमलाई थप जिम्मेवारी तथा निडर, निश्पक्ष र व्यवसायिक पत्रकारिताको कर्मलाई थप व्यवस्थित र फराकिलो बनाउदै अगाडि बढ्न प्रेरणा मिलेको बताए ।

गण्डकी प्रदेशबाट प्रकाशित हुने ढोरपाटन दैनिकसहित समाधान दैनिक र आदर्श समाज दैनिक पनि राष्ट्रिय स्तरको ‘क’ बर्गमा बर्गिकृत भएका छन् । पोखरा पत्र दैनिक प्रदेश ‘क’ र पोखरा पत्र हटलाइन दैनिक प्रदेश ‘ख’, सराङकोट साप्ताहिक प्रदेश ‘क’, फेवा पोष्ट साप्ताहिक स्थानीय ‘ख’, आरसी टाइम्स साप्ताहिक स्थानीय ‘ख’, हिमाल आवाज साप्ताहिक स्थानीय ख र पोखराय भिन्तुना मासिक प्रदेश ‘ग’ मा बर्गिकृत भएका छन् ।

ढोरपाटन सञ्चार प्रा.लि.द्धारा बागलुङबाट प्रकाशित हुने धौलागिरी स्टार साप्ताहिक ‘स्थानीय क’ वर्गमा वर्गिकृत भएको छ । बागलुङबाट प्रकाशित हुने धौलागिरी जागरण दैनिक,  मुक्तिक्षेत्र दैनिक र अग्रसर साप्ताहिक ‘स्थानीय क’ मा तथा परिसूचना साप्ताहिक, गलकोट पत्र साप्ताहिक, कालिका साप्ताहिक र जननिगरानी साप्ताहिक ‘स्थानीय ख’ वर्गमा परेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->