आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

टेलिकमको वार्षिकोत्सवमा क्लिक–सेयर–विन

टेलिकमको वार्षिकोत्सवमा क्लिक–सेयर–विन


  • ढाेरपाटन संवाददाता
  • माघ ५ २०८२, सोमबार

बागलुङ/नेपाल टेलिकमले आफ्नो २२ औँ वार्षिकोत्सवका अवसरमा क्लिक–सेयर–विन प्रतियोगिता संचालन गरेको छ । बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरेर टेलिकमले प्रतियोगिताबारे जानकारी गराएको हो ।

फोटो फ्रेममा फोटो खिचेर आफ्नो फेसबुक, टिकटकमा ह्रयासट्याग २२ एनटी एनिवर्सरी लेखेर पोष्ट गरेपछि नाम र फोन नम्बरका आधारमा टोकन नम्बर प्राप्त गर्न सकिने टेलिकम बागलुङका निमित्त कार्यालयल प्रमुख पुस्पराज लोहनीले जानकारी दिए ।

प्रथम हुनेले १ हजार ४ सय ९९ बराबरको सजिलो अनलिमिटेड प्याक छ महिनासम्म प्राप्त गर्न सक्ने, द्धितिय हुने पाँच जनालाई ९ सय ९९ बराबरको सजिलो अनलिमिटेड प्याक एक महिनासम्म प्रदान गरिने पराजुलीले बताए । तृतिय पुरस्कार पाँच जनालाई ७ सय ९९ बराबरको सजिलो अनलिमिटेड प्याक एक महिनासम्म र चौथो पुरस्कार ११ जनालाई ४ सय ९९ बराबरको सजिलो अनलिमिटेड प्याक एक महिनासम्म प्रदान गरिने छ ।

प्रतियोगितामा माघ १ देखि २१ गते १ बजेसम्म सहभागी हुन सकिने छ । टोकन नम्बरका आधारमा माघ २१ गते लक्की ‘ड्र’मार्फत नतिजा सार्वंजनिक गरिने र २२ गते वार्षिकोत्सवका दिन पुरस्कार प्रदान गरिने लोहनीले बताए । पत्रकार भेटघाटको संचालन सहायक प्रशासकिय अधिकृत सन्देश भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->