बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा महोत्सव : सधैं नयाँ

पोखरा महोत्सव : सधैं नयाँ

पुष २९ गतेदेखि सुरु भएको पोखरा महोत्सव आठौं दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य सहभागिता देखिएको छ ।


  • ढोरपाटन संवाददाता
  • माघ ७ २०८२, बुधबार

पोखरा/युनाइटेड क्लबले अन्य मेला–महोत्सवभन्दा फरक पहिचान बनाउँदै आएको पोखरा महोत्सवको १४ औं संस्करण भव्य र सभ्य रूपमा सञ्चालन भइरहेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्र्धनलाई मुख्य उद्देश्य बनाएर स्थापना कालदेखि नै अमरसिंह खेल मैदानमा महोत्सव आयोजना गर्दै आएको क्लबले यस वर्ष पनि पृथक शैलीलाई निरन्तरता दिएको छ ।

पुष २९ गतेदेखि सुरु भएको पोखरा महोत्सव आठौं दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य सहभागिता देखिएको छ । पोखरामा आयोजना हुने अन्य मेला–महोत्सवभन्दा फरक ढंगले सञ्चालन हुने भएकै कारण पोखरा महोत्सवले दर्शकको साथ र माया पाउँदै आएको युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए ।

उनका अनुसार पोखरा महोत्सवको मुख्य विशेषता भनेकै १२ देखि १३ दिनसम्म हरेक साँझ लाइभ ब्याण्डको प्रस्तुती हो । युवाहरूको रुचि र चाहनालाई केन्द्रमा राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित ब्याण्डहरूको लाइभ प्रस्तुति दिइने भएकाले पोखरा महोत्सव पृथक बनेको बख्रेलको भनाइ छ । लाइभ ब्याण्ड प्रस्तुती खर्चिलो भए पनि सुरुवाती समयदेखि नै हरेक संस्करणमा निरन्तरता दिँदै आएको र दर्शकको भरपूर साथकै कारण महोत्सव १४ औं संस्करणसम्म आइपुगेको उनले बताए ।

महोत्सवमा यसअघि लाहुरे, डीमर्चा, लेकाली, अनुप्रस्थ लगायतका चर्चित ब्याण्डले प्रस्तुति दिइसकेका छन् । कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाका अनुसार माघ ८ गते चर्चित गायक सबिन राईको लाइभ कन्सर्ट हुन बाँकी छ । त्यसैगरी रकहेड्स, जेम्सी, भीटेन, पर्पललगायतका कलाकारहरूको ¥याप तथा लाइभ प्रस्तुति पनि महोत्सवको आकर्षण बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->