आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जिल्ला सहकारी संघको पदस्थापन

जिल्ला सहकारी संघको पदस्थापन


  • ढाेरपाटन संवाददाता
  • माघ ८ २०८२, बिहिबार

बागलुङ/गत पुस २४ गते भएको जिल्ला सहकारी संघ लि. बागलुङको अधिवेसनबाट निर्वाचित पदाधिकारीले बिहिबार पदस्थापन गरेका छन् । १७ औं साधारणसभा तथा अधिवेसनले खिमबहादुर कार्कीको नेतृत्वमा नयाँ समिति चयन गरेको थियो ।

समितिको उपाध्यक्षमा पिंगला जिसी खड्का, सचिवमा गणेश नेपाली, कोषाध्यक्षमा पूर्णप्रकाश पौडेल, सदस्यहरुमा गगनबहादुर पुन मगर, जनन्नाथ सापकोटा, शिवकुमारी खत्री, मनुदेवी गुरुङ र तिलक खड्का रहेका छन् । लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा डिलबहादुर केसी र सदस्यमा थानेश्वर सुवेदी र सरिता अधिकारी पन्त छन् ।

बिहिबारको कार्यक्रममा निर्वाचन अधिकृत अधिवक्ता राम शर्माले निर्वाचित सबैलाई प्रमाणपत्र प्रदान गरे । सो अवसरमा बोल्दै शर्माले सहकारीलाई नागरिकको विश्वासको बनाउन पनि आग्रह गरेका थिए ।

पदस्थापनपछि कार्कीले सबैको सहकार्यबाट सहकारी संघलाई अगाडि बढाउने, विवादरहित बनाउने प्रतिवद्दता जनाए । अधिवक्ता राम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वतमान अध्यक्ष हुमाकुमारी जिसी अञ्जु, सल्लाहकार तोयनाथ गौतम, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुवास आचार्य, काठेखोला गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण पुन, लेखा सुपरिवेक्षक समितिको निर्वतमान अध्यक्ष मिलन केसीले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->