पोखरा/नेपाली कांग्रेसले आउँदो फागुन २१ को निर्वाचनको लागि मनाङबाट टेकबहादुर गुरुङलाई उम्मेदवार बनायो । एमालेले चाहिँ पा्ल्देन गुरुङलाई अगाडि सा¥यो । राष्ट्रिय प्रजातन्त्र पार्टीले कुवरेसिंह गुरुङलाई टिकट दियो । उनीहरुले माघ ६ गते मनाङ पुगेर उम्मेदवारी दर्ता गराए । राष्ट्रिय स्वतन्त्र पार्टीका अनिल गुरुङ चाहिँ उम्मेदवारी दर्ता गराउनै गएनन् । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) ले सो क्षेत्रबाट उपाध्यक्ष देव गुरुङलाई उम्मेदवार बनाउने चर्चा थियो तर अन्तिममा उनी पछि हटे । त्यहाँबाट उनकै धर्मपत्नी तथा माओवादी नेतृ यसोदा सुवेदी उम्मेदवार बनिन् । यहाँसम्म ठीकै थियो तर शुक्रबार चाहिँ एमालेका पोल्देन गुरुङ र राप्रपाका कुवेरसिंह लामाले उम्मेदवारी झिके । उनीहरुले ‘लामा गुरु’हरुको आग्रह अनुसार उम्ेदवारीमात्र झिकेनन् । आउँदो प्रदेशसभा चुनावमा पनि मिलेर जाने सहमति गरे ।
नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङका अनुसार लामा गुरुहरुले ‘मनाङ शान्तिको ठाउँ, चुनावमा प्रतिस्पर्धा गर्दा झैझगडा हुने,सानो ठाउँमा सबै नातेदार, आफूआफूमा के झगडा गर्ने ? भन्नुभयो । हाम्रा यहाँका थुप्रै लामाहरु काठमाडौंमा हुनुहुन्छ नि । उहाँहरुले निर्देशन दिएपछि मनाङमै रहनुभएका लामाहरुसँग हामी – कांग्रेस) र एमालेका नेताहरु बस्यौँ । गोला थुत्ने र जसले उम्मेदवार बन्ने गोला थुत्छ,ऊमात्र उम्मेदवार बन्ने भन्ने भयो,’कांग्रेस सचिव सुरेन्द्रले भने, ‘टेकबहादुर दाईलाई चिठ्ठा प¥यो । एमालेका पाल्देनले छाड्नुभयो ।’
चुनावमा खर्च पनि हुने र आफूआफूमा झगडा गर्नुहुँदैन भन्ने लामा गुरुहरुको निर्देशनले नै सहमति जुटेको उनको भनाइ छ ।
उनका अनुसार सहमति अनुसार अब हुने प्रदेशसभा निर्वाचनमा कांग्रेसले एमालेलाई सघाउने छ । २०७९ सालको चुनावमा सो क्षेत्रबाट टेकबहादुर गुरुङ नै विजयी बनेका थिए । उनले २ हजार ५ सय ७७ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका पोल्देनले २ हजार २ सय ४७ मत ल्याएका थिए । मनाङमा ७ हजार मतदाता छन् । तीमध्ये अधिकांश काठमाडौंसहित अन्य जिल्लामा बस्छन् । चुनावको बेलामा मात्र उनीहरु मत हाल्न मनाङ पुग्ने गरेका छन् ।





