बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खाष्टेताल किनारमा साहित्य संगम

खाष्टेताल किनारमा साहित्य संगम


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०८२, सोमबार

पोखरा/पोखरा महानगरपालिका वडा नम्वर २६ को खाष्टेताल किनारमा साहित्य संगम तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ ।

खाष्टे ताल बाराही मन्दिर धार्मिक बिकास समितिको आयोजनामा भएको साहित्य संगम कार्यक्रममा कवि तथा कवियत्रीहरुले स्थलगत रुपमा कविता लेखन तथा वाचन गरेका थिए ।

सोही अवसरमा मन्दिर ब्यवस्थापन समितिले जेष्ठ नागरिक तथा मन्दिरसंरक्षण समितिका पूवपदाधिकारीहरुलाई कामको उच्च प्रशंसा गर्दै अभिनन्दन गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्वर २६ का वडाध्यक्ष नरेन्द्र थापाले यस क्षेत्रको विकासका लागि हामी सबै मिलेर जानुपर्नेमा जोड दिँदै विकासमा हातेमालो गर्दै अगाडी वढ्ने हो भने जुन सुकै कामले पनि सफलता पाउने उनको विश्वास थियो ।

कार्यक्रममा छन्द नायक कवि माधव बियोगी, साहित्यकार चन्द्रावती वाग्ले,नवराज अधिकारी ,वडा सचिव लिलामणि भण्डारी र स्थानिय बुद्धिसागर भण्डारीलगायतले साहित्य र प्रकृतिलाई जोडेर आन्तरिक तथा बहिय पर्यटनको विकास गर्न सकिने वताए ।

साहित्यकारहरुको भेलामा खाष्टे तालबाराही मन्दिर संरक्षण र सम्वद्र्धनमा योगदान पुर्याउनु हुने अग्रज व्यक्तित्व स्व–बुद्विनाथ लामिछानेको धर्मपत्नी विष्णु लामिछाने, लक्ष्मीभक्त बराल, पोष्टराज भण्डारी,रोहिणीप्रसाद अधिकारी ,यदु लामिछाने र खेमराज बराललाई अभिनन्दन गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->