पोखरा/साविक लेखनाथ नगर क्षेत्रभित्र रहेका होटल व्यवसायीहरुको साझा संस्था होटल तथा रेष्टुरेष्ट एशोसिएसन लेखनाथको १८औं वार्षिक साधारण तथा सातौं अधिवेशनले सुरेश लामिछानेलाई अध्यक्षमा चयन गरेको छ ।
समितिको उपाध्यक्षमा विष्णुहरि सुवेदी,महासचिवमा शक्तिश्री कोइराला,कोषाध्यक्षमा मुक्ति सुवेदी र सचिवमा राजेन्द्र सुवेदी रहेका छन् भने समितिको सदस्यमा प्रकाश सापकोटा, निर्मला थकाली, अमृत लामिछाने, रविभक्त थापा, अनिल ढकाल र ओम श्रीस मगर रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरामा आउने पर्यटनको बसाइ लम्ब्याउका लागि यस क्षेत्रमा रहेका अन्य पर्यटकीय क्षेत्रको विकास अपरिहार्य भएको बताएका थिए । लेखनाथ क्षेत्रभित्र ३ सयको हाराहारीमा होटल तथा रेष्टुरेण्ट रहेका छन् ।





