मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

यस्तो छ झापा-५ मा ‘हेभीवेट’ भिडन्त

यस्तो छ झापा-५ मा ‘हेभीवेट’ भिडन्त

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरका साथ विजयी भएका थिए।


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०८२, बिहिबार

झापा/ आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनमा झापा क्षेत्र नं. ५ को चुनावी मैदान यसपटक निकै चर्चामा रहेको छ। उक्त क्षेत्रमा देशका शीर्ष नेतादेखि चर्चित युवा नेतासम्मले चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवारी दिएका छन्।

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धीका रूपमा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन्। उनको गढ मानिने यस क्षेत्रमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौँका पूर्व मेयर बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दिएपछि चुनावी सरगर्मी निकै बढेको छ।

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट मन्दरा चिमरिया र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रञ्जित तामाङले पनि आफ्नो दाबेदारी प्रस्तुत गर्दै उम्मेदवारी दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी संग्रौलाले उम्मेदवारी दिएका छन्।

झापा-५ मा महिलाको उपस्थिति भने निकै कम देखिएको छ। २४ जनामध्ये मात्र ३ जना महिला उम्मेदवार मन्दरा चिमरिया (कांग्रेस), रञ्जना गौतम (स्वतन्त्र) र शोभा भण्डारी (स्वतन्त्र) प्रतिस्पर्धामा छन्।

पुराना अनुभवी नेता र नयाँ जोशका युवाहरूबीचको यो भिडन्तलाई यसपटक निकै चासोका साथ हेरिएको छ। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरका साथ विजयी भएका थिए।

उनले कुल ५२,३१९ मत प्राप्त गरेका थिए, जुन सो क्षेत्रमा खसेको मतको ठूलो हिस्सा थियो। उनको निकटतम प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसका खगेन्द्र अधिकारी रहेका थिए, जसले २३,७४३ मत प्राप्त गरेका थिए। ओलीले अधिकारीलाई २८,५७६ को विशाल मतान्तरले पराजित गरेका थिए।

त्यस्तै, सोही निर्वाचनमा पहिलोपटक चुनावी मैदानमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुरेशकुमार पोखरेलले तेस्रो स्थान हासिल गरेका थिए। पोखरेलले ११,७५९ मत ल्याएर आफ्नो उपस्थिति बलियो देखाएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->