आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’

बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’

जिल्लाभर १०७ मतदानस्थल रहेकामा २९ वटा अति संवेदनशील, २५ वटा संवेदनशील र ५३ वटा सामान्य रहेको प्रहरी उपरीक्षक तिलक भारतीले बताए।


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०८२, बिहिबार

बागलुङ / आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका २९ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ।

जिल्लाभर १०७ मतदानस्थल रहेकामा २९ वटा अति संवेदनशील, २५ वटा संवेदनशील र ५३ वटालाई सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले बताए।

‘जिल्ला सुरक्षा समितिको बैठकले विगतको निर्वाचनको गतिविधि, मतदाताको संख्या, सुरक्षा संवेदनशीलता लगायतलाई आधार मानेर मतदानस्थललाई वर्गीकरण गरिएको छ,’ भारतीले भने ।

यसअघि जिल्लामा १०६ मतदानस्थल रहेकोमा यस पटक एक वटा थप भएसँगै १०७ मतदानस्थल कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञप्रसाद रिजालले बताए।

जिल्लामा १ लाख ९३ हजार ३८१ जना मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा ४८ मतदानस्थलका ११५ वटा मतदान केन्द्रमा मतदान गर्ने ९८ हजार ४६ जना र क्षेत्र नम्बर २ का ५९ मतदानस्थलका ११५ वटा मतदान केन्द्रमा मतदान गर्ने ९५ हजार ३३५ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->